Prabidhi Kura

विद्युतीय कारोबार नियमावली संशोधन, अब सरकारी निकायले पनि डिजिटल हस्ताक्षर जारी गर्न सक्ने

काठमाडौं । सरकारले विद्युतीय कारोबार पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्‌ बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मङ्गलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्विसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् ।

नियमावली संशोधनसँगै अब सरकारी निकायहरूले समेत डिजिटल हस्ताक्षर जारी गर्न सक्नेछन् । यसअघि एउटा निजी कम्पनीले मात्र यस किसिमको हस्ताक्षर जारी गर्दै आएको थियो ।

सरकारी निकायहरूलाई पेपरलेस (कागज रहित) बनाउन डिजिटल हस्ताक्षरको प्रयोगलाई बढावा दिन आवश्यक रहेको भन्दै सरकारले सरकारी निकायलाई समेत प्रमाणीकरण गर्ने निकायको अनुमतिपत्र दिने बाटो खोलेको हो ।

सरकारले देशभर डिजिटल हस्ताक्षरलाई तीव्रताका साथ प्रयोगमा ल्याउन चाहेको र त्यसका लागि एउटा मात्र निकायले सम्भव नहुने देखेर नियमावली संशोधन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीले बताए ।

संशोधन पश्चात् सूचना प्रविधि विभाग अन्तर्गतको एकीकृत डेटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) लगायतका सरकारी निकायले समेत प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न सक्नेछन् ।

विद्युतीय कारोबार ऐन २०६३ ले इजाजतपत्र वा मान्यता प्राप्त गरेको प्रमाणीकरण गर्ने निकायलाई डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्ने, निलम्बन गर्ने वा रद्द गर्ने लगायतका अधिकार दिएको छ ।

मुख्य समाचार

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

पछिल्ला अपडेट

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

काठमाण्डौं — यात्रा गर्दा वा ट्राफिक जाममा फसेका बेला धेरैले कारमै मोबाइल फोन चार्ज गर्ने गर्दछन् । सजिलो र व्यवहारिक जस्तो देखिने...
लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

काठमाण्डौं — स्मार्टफोन अहिले व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको उपकरण बनेको छ। मोबाइलमा आउने सन्देश, बैंकिङ ओटीपी, इमेल र सामा...
स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

काठमाण्डौं — अन्तरिक्षमा बढ्दो मलबा (पृथ्वीको वरिपरि घुमिरहेका काम नलाग्ने वस्तुहरू) र स्याटेलाइट ठोक्किने जोखिमलाई ध्यानमा राख्दै...
सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

काठमाण्डौं — मोबाइल फोनमा दशकौँदेखि प्रयोग हुँदै आएको सानो प्लास्टिक सिम कार्ड अब बिस्तारै हराउने क्रममा छ। स्मार्टफोनभित्र अन्य क...