Prabidhi Kura

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

काठमाण्डौं — स्मार्टफोन लामो समय एकै तरिकाले समातेर प्रयोग गर्दा मानिसको सानो औँलामा (pinky finger) मा देखिने शारीरिक परिवर्तन विश्वभर बढ्दै गएको विशेषज्ञहरूले बताएका छन्।

द इन्डियन एक्सप्रेस  (The Indian Express) मा प्रकाशित रिपोर्टअनुसार फोन समात्दा सानो औँलामा पर्ने निरन्तर दबाबले औँलाको बनावटमा डेन्टजस्तो खाडल देखिनु, वक्रता आउनु र हड्डी तन्तुमा दबाब बढ्नुजस्ता समस्या पहिचान हुन थालेका छन्।

चिकित्सकहरूका अनुसार समस्या साधारण तया असजिलोबाट सुरु भए पनि दीर्घकालमा जोर्नी दुखाइ, औँला र हत्केला समन्वयमा कमजोरी र नसामा असर पर्ने जोखिम बढ्दछ । धेरै प्रयोगकर्ताले फोनको तल्लो भाग सानो औँलामा अड्याएर पकड बनाउने भएकाले त्यही क्षेत्रमा दबाब केन्द्रीकृत हुने रिपोर्टमा उल्लेख छ। यसले समयसँगै औँला सिधा नदेखिनु, हल्का वक्रता आउनु वा सतही डेन्ट देखिनेजस्ता परिवर्तन देखापर्ने चिकित्सकहरूको भनाइ छ।

विशेषज्ञहरूले स्मार्टफोन प्रयोगको शैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। फोन समात्दा दुवै हात प्रयोग गर्ने, औँलामा झुण्ड्याएर नसमात्ने, लगातार लामो समय फोन नपक्रने र आवश्यक परे फिजियोथेरापी जस्ता उपाय अपनाउँदा समस्या न्यून हुने चिकित्सकहरुको सल्लाह छ।

रिपोर्टले युवावर्गमा यो समस्या तीव्र रूपमा देखिन थालेको उल्लेख गर्दै स्मार्टफोन निर्भरता बढ्दै जाँदा ‘पिंकी समस्या’ पनि असामान्य हुँदै गएको चेतावनी दिएको छ।

मुख्य समाचार

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

पछिल्ला अपडेट

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

काठमाण्डौं — यात्रा गर्दा वा ट्राफिक जाममा फसेका बेला धेरैले कारमै मोबाइल फोन चार्ज गर्ने गर्दछन् । सजिलो र व्यवहारिक जस्तो देखिने...
लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

काठमाण्डौं — स्मार्टफोन अहिले व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको उपकरण बनेको छ। मोबाइलमा आउने सन्देश, बैंकिङ ओटीपी, इमेल र सामा...
स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

काठमाण्डौं — अन्तरिक्षमा बढ्दो मलबा (पृथ्वीको वरिपरि घुमिरहेका काम नलाग्ने वस्तुहरू) र स्याटेलाइट ठोक्किने जोखिमलाई ध्यानमा राख्दै...
सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

काठमाण्डौं — मोबाइल फोनमा दशकौँदेखि प्रयोग हुँदै आएको सानो प्लास्टिक सिम कार्ड अब बिस्तारै हराउने क्रममा छ। स्मार्टफोनभित्र अन्य क...