Prabidhi Kura

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

काठमाण्डौं — यात्रा गर्दा वा ट्राफिक जाममा फसेका बेला धेरैले कारमै मोबाइल फोन चार्ज गर्ने गर्दछन् । सजिलो र व्यवहारिक जस्तो देखिने यो बानीले भने लामो समयपछि मोबाइलको ब्याट्रीमा नकारात्मक असर पार्न सक्दछ । विज्ञहरूका अनुसार कारमा मोबाइल चार्ज गर्दा गरिने केही सामान्य गल्तीका कारण ब्याट्री छिट्टै कमजोर हुने जोखिम बढ्दछ ।

कारको पावर सप्लाइ घर वा अफिसको बिजुली जत्तिकै स्थिर हुँदैन । गाडीको गति बढ्दा घट्दा, एसी, हेडलाइट जस्ता उपकरण चलाउँदा पावरमा उतार चढाव आउन सक्दछ । यही अस्थिर पावर मोबाइलको ब्याट्रीका लागि हानिकारक मानिन्छ ।

धेरै कारमा रहेका इन–बिल्ट यूएसबी पोर्ट पनि अर्को समस्या हुन् । यी पोर्टहरू प्रायः डेटा ट्रान्सफरका लागि बनाइएका हुन्छन्, जसले मोबाइललाई चाहिने पर्याप्त करेन्ट दिन सक्दैनन् । यसले मोबाइल ढिलो चार्ज हुने, लामो समयसम्म तातिरहने र अन्ततः ब्याट्रीको क्षमता घट्ने अवस्था आउन सक्दछ ।

त्यसैगरी, सस्तो वा प्रमाणित नभएका कार चार्जर र केबल प्रयोग गर्दा पनि जोखिम बढ्दछ । यस्ता चार्जरले आवश्यकभन्दा बढी वा कम भोल्टेज दिन सक्छन्, जसले ब्याट्रीमा अतिरिक्त दबाब पर्दछ ।

सुरक्षित चार्जका लागि के गर्ने ?

मोबाइललाई कारमा चार्ज गर्नै परेमा केही सावधानी अपनाउनु राम्रो हुन्छ । इन बिल्ट यूएसबी पोर्टको सट्टा १२ भोल्ट सिगरेट लाइटर सॉकेटमा राम्रो गुणस्तरको कार चार्जर प्रयोग गर्नु उपयुक्त हुन्छ । चार्ज गर्दा मोबाइलको कभर हटाइदिँदा ताप बाहिर जान सजिलो हुन्छ ।

कार स्टार्ट गरेपछि मात्रै मोबाइल चार्जमा लगाउने र इन्जिन बन्द गर्नुअघि चार्जर हटाउने बानी पनि उपयोगी मानिन्छ । साथै, चार्ज भइरहेका बेला नेभिगेशन, गेम वा भारी एप चलाउन सकेसम्म नहुने विज्ञहरूको सुझाव छ ।

इन्जिन बन्द अवस्थामा लामो समय मोबाइल चार्ज गर्दा कारको ब्याट्री पनि कमजोर हुन सक्दछ । यसले पछि गाडी स्टार्ट गर्न समस्या निम्त्याउन सक्दछ ।

कारमा मोबाइल चार्ज गर्नु पूर्ण रूपमा गलत होइन । तर सही तरिका नअपनाउँदा मोबाइल र कार दुवैको ब्याट्रीमा असर पर्न सक्दछ । त्यसैले साना सावधानीले ठूलो क्षतिबाट जोगिन सकिन्छ ।

मुख्य समाचार

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

पछिल्ला अपडेट

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

काठमाण्डौं — यात्रा गर्दा वा ट्राफिक जाममा फसेका बेला धेरैले कारमै मोबाइल फोन चार्ज गर्ने गर्दछन् । सजिलो र व्यवहारिक जस्तो देखिने...
लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

काठमाण्डौं — स्मार्टफोन अहिले व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको उपकरण बनेको छ। मोबाइलमा आउने सन्देश, बैंकिङ ओटीपी, इमेल र सामा...
स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

काठमाण्डौं — अन्तरिक्षमा बढ्दो मलबा (पृथ्वीको वरिपरि घुमिरहेका काम नलाग्ने वस्तुहरू) र स्याटेलाइट ठोक्किने जोखिमलाई ध्यानमा राख्दै...
सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

काठमाण्डौं — मोबाइल फोनमा दशकौँदेखि प्रयोग हुँदै आएको सानो प्लास्टिक सिम कार्ड अब बिस्तारै हराउने क्रममा छ। स्मार्टफोनभित्र अन्य क...