Prabidhi Kura

प्रबिधि कुरा

प्रबिधि कुरा

86 Posts
कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

काठमाण्डौं — यात्रा गर्दा वा ट्राफिक जाममा फसेका बेला धेरैले कारमै मोबाइल फोन चार्ज गर्ने गर्दछन् । सजिलो र व्यवहारिक जस्तो देखिने यो बानीले भने लामो समयपछि मोबाइलको ब्याट्रीमा नकारात्मक असर पार्न सक्दछ । विज्ञहरूका अनुसार कारमा मोबाइल चार्ज गर्दा गरिने केही सामान्य गल्तीका कारण ब्याट्री छिट्टै कमजोर हुने जोखिम बढ्दछ । कारको पावर सप्लाइ घर वा अफिसको बिजुली जत्तिकै स्थिर हुँदैन । गाडीको गति बढ्दा घट्दा, एसी, हेडलाइट जस्ता उपकरण चलाउँदा पावरमा उतार चढाव आउन सक्दछ । यही अस्थिर पावर मोबाइलको ब्याट्रीका लागि हानिकारक मानिन्छ । धेरै कारमा रहेका इन–बिल्ट यूएसबी पोर्ट पनि अर्को समस्या हुन् । यी पोर्टहरू…
Read More
लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

काठमाण्डौं — स्मार्टफोन अहिले व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको उपकरण बनेको छ। मोबाइलमा आउने सन्देश, बैंकिङ ओटीपी, इमेल र सामाजिक सञ्जालका सूचना धेरैजसो गोप्य हुन्छन्। तर फोन लक भएको अवस्थामा पनि यस्ता सन्देश र नोटिफिकेशन स्क्रिनमै देखिँदा गोपनीयता जोखिममा पर्ने गरेको छ। सार्वजनिक ठाउँमा फोन राख्दा अरूले सजिलै स्क्रिनमा देखिने सन्देश पढ्न सक्ने अवस्था आउँछ। यही कारण पछिल्ला समय मोबाइल प्रयोगकर्तालाई लक स्क्रिनमा देखिने नोटिफिकेशन लुकाएर राख्न सुझाव दिइँदै आएको छ। स्मार्टफोनमा उपलब्ध सेटिङ प्रयोग गरेर यो समस्या सजिलै समाधान गर्न सकिन्छ। एन्ड्रोइड फोनमा सेटिङभित्र ‘नोटिफिकेशन’ विकल्पमा गएर ‘लक स्क्रिन नोटिफिकेशन’ नियन्त्रण गर्न सकिन्छ। यहाँ ‘संवेदनशील सामग्री लुकाउने’ वा ‘नोटिफिकेशन…
Read More
स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

काठमाण्डौं — अन्तरिक्षमा बढ्दो मलबा (पृथ्वीको वरिपरि घुमिरहेका काम नलाग्ने वस्तुहरू) र स्याटेलाइट ठोक्किने जोखिमलाई ध्यानमा राख्दै अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो इन्टरनेट सेवा स्टारलिंक अन्तर्गत सञ्चालनमा रहेका हजारौँ स्याटेलाइटको कक्ष तल झार्ने निर्णय गरेको छ। कम्पनीका अनुसार सन् २०२६ भित्र लो–अर्थ अर्बिट (पृथ्वीको नजिकको कक्ष) मा रहेका करिब ४४ सय स्टारलिंक स्याटेलाइटलाई हालको उचाइभन्दा तल झारिनेछ। अहिले ती स्याटेलाइट करिब ५५० किलोमिटर उचाइमा रहेका छन्। नयाँ योजनाअनुसार ती स्याटेलाइटलाई करिब ४८० किलोमिटर उचाइको कक्षमा सारिनेछ। स्पेसएक्सले स्याटेलाइटको कक्ष तल झार्दा अन्तरिक्षमा रहेका अन्य स्याटेलाइट वा मलबासँग ठोक्किने सम्भावना कम हुने जनाएको छ। साथै सेवा अवधि पूरा भएपछि स्याटेलाइट…
Read More
सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

काठमाण्डौं — मोबाइल फोनमा दशकौँदेखि प्रयोग हुँदै आएको सानो प्लास्टिक सिम कार्ड अब बिस्तारै हराउने क्रममा छ। स्मार्टफोनभित्र अन्य कम्पोनेन्टका लागि ठाउँ चाहिने भन्दै निर्माता कम्पनीहरूले सिम स्लट हटाउन थालेका छन्। तर यो प्रविधिगत परिवर्तन प्रयोगकर्ताका लागि सहज भने देखिएको छैन। इ–सिम मा सरेपछि सामान्य फोन नम्बर ट्रान्सफरसमेत समस्या बनेको अनुभव सार्वजनिक भएको छ। सिम कार्डको इतिहास सन् १९९० को दशकदेखि सुरु हुन्छ। सुरुमा ठूलो आकारका सिम प्रयोग हुन्थे। समयसँगै ती साना बन्दै मिनी, माइक्रो हुँदै न्यानो सिमसम्म पुगे। अहिलेको न्यानो सिम सानो भए पनि स्मार्टफोनभित्र ठाउँ सीमित भएकाले कम्पनीहरूले डिजिटल सिम अर्थात् इ–सिम रोज्न थालेका छन्। सन् २०१६ मा…
Read More
स्याटेलाइट नेटवर्कलाई ५जी र भविष्यका नेटवर्कसँग जोड्ने तयारी

स्याटेलाइट नेटवर्कलाई ५जी र भविष्यका नेटवर्कसँग जोड्ने तयारी

काठमाण्डौं — सन् २०२५ स्याटेलाइट आधारित दूरसञ्चार अर्थात् नन–टेरेस्ट्रियल नेटवर्क (एनटीएन) का लागि महत्वपूर्ण वर्ष बनेको छ। यस वर्ष स्याटेलाइट नेटवर्कलाई छुट्टै वा वैकल्पिक समाधानका रूपमा मात्र होइन, भुइँमा आधारित मोबाइल नेटवर्कसँग जोडेर प्रयोग गर्ने प्रवृत्ति स्पष्ट देखिएको छ। अघिल्ला वर्षहरूमा स्याटेलाइट सेवा मुख्यत: दुर्गम क्षेत्र वा आपतकालीन सञ्चारमा सीमित थियो। तर २०२५ मा भने ती नेटवर्कहरूलाई ५जी र आगामी प्रविधिसँग एकीकृत गर्ने प्रयास तीव्र बनेको छ। यसले मोबाइल नेटवर्क नपुगेका क्षेत्रसम्म सेवा विस्तार गर्ने सम्भावनालाई बलियो बनाएको छ। यो वर्ष न्यून पृथ्वी कक्ष (एलइओ) मा आधारित स्याटेलाइट र डाइरेक्ट–टु–डिभाइस प्रविधिमा उल्लेख्य प्रगति भएको छ। यस प्रविधिमार्फत मोबाइल टावर नहुँदा…
Read More
२०२६ मा टेलिकम क्षेत्र: एआई, सुरक्षा र नेटवर्क स्वचालन मुख्य प्राथमिकता

२०२६ मा टेलिकम क्षेत्र: एआई, सुरक्षा र नेटवर्क स्वचालन मुख्य प्राथमिकता

काठमाण्डौं — विश्व दूरसञ्चार उद्योग २०२६ मा प्रवेश गर्दै गर्दा प्रविधि, लगानी र सञ्चालन मोडलमा ठूला परिवर्तन देखिने संकेत स्पष्ट भएका छन्। 5जी विस्तारसँगै कृत्रिम बुद्धिमत्ता, नेटवर्क स्वचालन र साइबर सुरक्षालाई केन्द्रमा राखेर टेलिकम कम्पनीहरूले रणनीति तय गर्न थालेका छन्। विशेषगरी २०२६ मा टेलिकम कम्पनीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) लाई प्रयोगात्मक चरणबाट निकालेर नियमित सञ्चालनमा ल्याउने तयारी गरेका छन्। नेटवर्क अनुगमन, ट्राफिक व्यवस्थापन, सेवा गुणस्तर मापन र समस्या समाधानमा एआईको प्रयोग बढ्ने अपेक्षा गरिएको छ। यसले लागत घटाउने र सेवा स्थिरता सुधार्ने विश्वास उद्योगको छ। सुरक्षा अर्को प्रमुख चिन्ताको विषय बनेको छ। नेटवर्क र डाटामाथि साइबर आक्रमणको जोखिम बढ्दै गएपछि २०२६…
Read More
बेलायतबाट शुरू भएको अविश्वास, यूरोपभर चिनियाँ टेलिकम कम्पनीमाथि कडाइ

बेलायतबाट शुरू भएको अविश्वास, यूरोपभर चिनियाँ टेलिकम कम्पनीमाथि कडाइ

काठमाण्डौं — दश वर्षअघि बेलायतको एउटा गाउँको पबमा तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुन र चिनियाँ राष्ट्रपति सी जिनपिङ सँगै बियर पिइरहेको तस्वीर अहिले फरक भू–राजनीतिक युगको प्रतीक बनेको छ। त्यतिबेला स्वागत पाइरहेका चिनियाँ शासक र ठूला कम्पनीहरू आज बेलायत तथा यूरोपमा शंकाको दृष्टिले हेरिन थालेका छन्। तस्वीर खिचिएको पाँच वर्ष नबित्दै बेलायत सरकारले चिनियाँ 5जी उपकरण आपूर्तिकर्ता हुवावे र जेडटिई माथि प्रतिबन्ध लगायो। ती कम्पनीका उपकरण २०२७ पछि बेलायतको 5जी नेटवर्कबाट पूर्ण रूपमा हटाउने निर्णय गरिसकेको छ । बेलायत मात्र होइन, अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि यूरोपका अन्य देशहरूले पनि चिनियाँ कम्पनीप्रति कडाइ थाले। रोमानिया र स्विडेनले भविष्यमा दूरसञ्चार कम्पनीलाई चिनियाँ आपूर्तिकर्ताको…
Read More
पोर्नहबमा साइबर आक्रमणको दाबी, लाखौँ प्रयोगकर्ताको डाटा जोखिममा

पोर्नहबमा साइबर आक्रमणको दाबी, लाखौँ प्रयोगकर्ताको डाटा जोखिममा

काठमाण्डौं — विश्वकै चर्चित वयस्क सामग्री प्लेटफर्म पोर्नहब लाई लक्षित गरी ह्याकर समूहले लाखौँ प्रयोगकर्ताको डाटा चोरी गरेको दाबी गर्दै फिरौती मागेको घटना सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ह्याकरहरूले प्रिमियम प्रयोगकर्तासँग सम्बन्धित संवेदनशील विवरण आफ्नो कब्जामा रहेको दाबी गरेका छन्। रिपोर्टहरूका अनुसार चोरी गरिएको भनिएको डाटामा इमेल ठेगाना, प्रयोगकर्ता गतिविधिसम्बन्धी विवरण र सेवा प्रयोगसँग जोडिएका जानकारी समावेश हुन सक्ने बताइएको छ। यस आधारमा ह्याकरहरूले डाटा सार्वजनिक गर्ने धम्की दिँदै कम्पनीमाथि दबाब सिर्जना गरेका छन्। पोर्नहब पक्षले भने आफ्नो मुख्य प्रणालीमा सिधा सुरक्षा कमजोरी फेला नपरेको बताउँदै घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। कम्पनीका अनुसार पासवर्ड, भुक्तानी विवरण वा बैंकिङ…
Read More
दिमाग किन थाक्छ ?

दिमाग किन थाक्छ ?

काठमाण्डौं — लामो समयसम्म पढ्दा, सोच्दा वा निर्णय लिनुपर्दा दिमाग किन थाक्छ भन्ने प्रश्नको उत्तर वैज्ञानिकहरूले अझ स्पष्ट रूपमा पत्ता लगाएका छन्। हालै गरिएको एक अध्ययनले मानसिक थकान केवल अनुभूति मात्र होइन, दिमागभित्र हुने जैविक प्रक्रियासँग प्रत्यक्ष जोडिएको अवस्था भएको निष्कर्ष निकालेको छ। अनुसन्धानका अनुसार निरन्तर ध्यान, जटिल सोच र निर्णय प्रक्रियामा संलग्न हुँदा दिमागका न्युरोनहरू बढी सक्रिय हुन्छन्। यस क्रममा दिमागले धेरै ऊर्जा खर्च गर्छ र केही रासायनिक परिवर्तनहरू देखिन थाल्छन्। यही परिवर्तनले ध्यान घट्ने, निर्णय गर्न गाह्रो हुने र कामप्रति रुचि कम हुने जस्ता लक्षण देखिन थाल्छन्। वैज्ञानिकहरूले मानसिक थकानलाई शरीरको सुरक्षात्मक संकेतका रूपमा व्याख्या गरेका छन्। जसरी…
Read More
विश्वलाई हल्लाएका २०२५ का साइबर आक्रमण

विश्वलाई हल्लाएका २०२५ का साइबर आक्रमण

काठमाडौँ — सन् २०२५ विश्व साइबर सुरक्षाका दृष्टिले अत्यन्त चुनौतीपूर्ण वर्षका रूपमा दर्ज भएको छ। वर्षभरि विश्वभर ठूला साइबर आक्रमण, डाटा चुहावट र इन्टरनेट सेवा अवरुद्ध हुने घटना सार्वजनिक भए, जसले डिजिटल प्रणाली कति संवेदनशील छ भन्ने प्रश्नलाई फेरि सतहमा ल्याएको छ। क्लाउड सेवा प्रदायक, दूरसञ्चार कम्पनी, प्रविधि प्लेटफर्म र सरकारी निकायसम्म साइबर आक्रमणको चपेटामा परे। यी घटनाले व्यवसायिक सुरक्षा, डिजिटल भरोसा र भविष्यको साइबर तयारीमाथि गम्भीर बहस सुरु गराएको छ। क्लाउड र इन्टरनेट सेवा अवरुद्ध २०२५ का सबैभन्दा चर्चित घटनामध्ये एक थियो Cloudflare मा आएको समस्या, जसका कारण विश्वका धेरै वेबसाइट र अनलाइन सेवा केही समय अवरुद्ध भए। सामाजिक…
Read More