Prabidhi Kura

स्टार्टअप/इनोभेसन

सामसुङको नयाँ Galaxy Z TriFold सार्वजनिक, तीन तहमा खुल्दा १० इन्चको ठूलो स्क्रिन

सामसुङको नयाँ Galaxy Z TriFold सार्वजनिक, तीन तहमा खुल्दा १० इन्चको ठूलो स्क्रिन

काठमाडौँ— सामसुङले लामो समयदेखि चर्चा भइरहेको आफ्नो ट्राइ–फोल्ड स्मार्टफोन Galaxy Z TriFold सार्वजनिक गरेको छ। फोन सामान्य अवस्थामा साधारण मोबाइलजस्तै देखिए पनि दुई तह खोलिएपछि १० इन्चको ठूलो स्क्रिनमा बदलिने यसको मुख्य विशेषता रहेकोछ। स्मार्टफोनदेखि ट्याबलेटसम्म एउटै उपकरणमा Galaxy Z TriFold को बाहिरी डिस्प्ले ६.५ इन्चको छ, जसले साधारण स्मार्टफोनकै अनुभव दिन्छ। तर फोन पूर्ण रूपमा खोल्दा १० इन्चको Dynamic AMOLED स्क्रिन खुल्ने भएकाले यसले ट्याबलेट जस्तै प्रयोग गर्न सकिने सुविधा दिन्छ। यो संरचनाले अध्ययन, भिडियो हेर्न, कागजात पढ्न वा बहु कार्य सञ्चालन गर्न चाहने प्रयोगकर्तालाई लक्षित गरेको देखिन्छ। हाइड एन्ड हार्डवेयर सामसुङले फोनमा Snapdragon 8 Elite चिपसेट, ३ nm…
Read More

आर्टिफिसियल इन्टेलिजेन्सको डरलाग्दो फड्को: सामाजिक इन्जिनियरिङ आक्रमण झन् घातक बन्दै

काठमाडौं – साइबर अपराधीहरूले संस्थामा छिर्नका लागि प्रायः प्रयोग गर्ने पहिलो हतियार भनेकै सामाजिक इन्जिनियरिङ हो। आर्टिफिसियल इन्टेलिजेन्स (Artificial intelligence) मा भएको तीव्र विकासका कारण हरेक वर्ष सामाजिक इन्जिनियरिङ आक्रमणहरू झन् ठूला र खतरनाक बन्दै गइरहेका छन्। एआईले कसरी सामाजिक इन्जिनियरिङ आक्रमणलाई बढाइरहेको छ? एआई (AI) ले साइबर अपराधीहरूलाई विभिन्न तरिकाले उनीहरूको सामाजिक इन्जिनियरिङ योजनाहरूलाई अगाडि बढाउन मद्दत गरिरहेको छ: व्यक्तिगत बनाइएको फिसिङ (Personalized Phishing): एआई अल्गोरिदम (AI algorithm) हरूले सामाजिक सञ्जाल (जस्तै पृष्ठभूमि, रुचि, काम, सम्बन्ध, ठेगाना आदि) र विभिन्न ओएसआईएनटी (OSINT) स्रोतहरूबाट डेटा विश्लेषण गरी थप व्यक्तिगत र विश्वासिलो स्पियर फिसिङ (spear phishing) आक्रमणहरू सिर्जना गर्न सक्छन्। स्थानीय…
Read More
ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ क्षमता सुधार गर्न आईएफसीले सघाउने

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ क्षमता सुधार गर्न आईएफसीले सघाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा डिजिटल वित्तीय सेवा र एम्बेडेड फाइनान्स मोडेलहरूलाई अगाडि बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । ‍डिजिटल बैंकिङ क्षमतालाई अभिवृद्धि गर्ने र ग्राहकलाई उन्नत प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यसहित यो साझेदारी भएको हो । सम्झौताअनुसार आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रूपान्तरण र डेटा परिपक्वताको मूल्याङ्कन गरी आवश्यक सुधारका क्षेत्रहरू पहिचान गर्ने तथा रणनीतिक सुझाव प्रदान गर्नेछ । यसका साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरूको प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी बैंकलाई सल्लाह दिनेछ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवर्द्धनमा सहयोग पुग्नुका…
Read More
तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि ? यसरी चेक गर्नुहोस्

तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि ? यसरी चेक गर्नुहोस्

काठमाडौं । के तपाईंलाई थाहा छ ? आजभोलि ह्याकरहरूले ठूला कम्पनी र सरकारी निकायलाई मात्र होइन, तपाईं-हामी जस्ता सामान्य मानिसलाई पनि निशाना बनाउन थालेका छन् । उनीहरूको उद्देश्य बैंक/वालेट खातामा पहुँच पुर्‍याउनेदेखि हाम्रा हरेक डिजिटल गतिविधिहरूमा नजर राख्ने हुन सक्छ । यस्ता सम्भावित हमलाबाट बेलैमा सचेत रहन सके यो साइबर दुनियाँमा तपाईँ सुरक्षित रहन सक्नुहुन्छ । यदि तपाईंलाई कसैले तपाईंको ईमेल, सामाजिक सञ्जाल, मेसेजिङ एप वा अन्य कुनै महत्त्वपूर्ण सेवामा पहुँच पाएको शंका छ भने त्यसबाट बच्न के गर्न सकिन्छ भन्ने कुरा जान्न जरुरी छ । आउनुहोस्, हामी तपाईंलाई आफ्नो डिजिटल जीवन सुरक्षित राख्ने केही महत्त्वपूर्ण उपायहरू बताउँछौं: धेरैजसो कम्पनीले…
Read More
आईफोनमा नयाँ अपडेट: अब एप आइकनमा मनपर्ने फोटो वा डिजाइन राख्न सकिने

आईफोनमा नयाँ अपडेट: अब एप आइकनमा मनपर्ने फोटो वा डिजाइन राख्न सकिने

काठमाडौं । आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने एउटा राम्रो खबर छ । अब तपाईँले आईफोनको एप आइकनहरूलाई आफ्नो रुचि अनुसार परिवर्तन गर्न सक्नुहुन्छ । हालै एप्पलले सबै प्रयोगकर्ताका लागि यस्तो फिचर थप गरेको हो । आईओएस १८ मा आएको यस सुविधाले फोनको होम स्क्रिनलाई अझ आकर्षक र पर्सनलाइज बनाउन मद्दत गर्ने एप्पलको विश्वास छ । पुराना र परम्परागत आइकनहरू हेर्दा दिक्क लाग्छ भने अब मनपर्ने फोटो वा डिजाइनलाई एप आइकनको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यस्तो छ प्रक्रिया - सबैभन्दा पहिले सर्टकट एपमा जानुहोस् । - स्क्रिनको माथिपट्टि दायाँतिर भएको प्लस (+) आइकनमा ट्याप गर्नुहोस् । - स्क्रिनको तल…
Read More
अनलाइन अकाउन्टहरू सुरक्षित राख्ने मामिलामा कस्तो छ माइक्रोसफ्ट अथेन्टिकेटर ? (तरिकासहित)

अनलाइन अकाउन्टहरू सुरक्षित राख्ने मामिलामा कस्तो छ माइक्रोसफ्ट अथेन्टिकेटर ? (तरिकासहित)

काठमाडौँ । माइक्रोसफ्ट अथेन्टिकेटरले मल्टी-फ्याक्टर अथेन्टिकेसन (एमएफए) प्रयोग गरी तपाईँका अनलाइन अकाउन्ट सुरक्षित राख्न र लगइन सजिलो बनाउँछ । निःशुल्क रूपमा उपलब्ध यो सुविधा प्रयोग गर्न तपाईँलाई माइक्रोसफ्ट अकाउन्ट पनि चाहिँदैन । यद्यपि तपाईँले यसमा साइन इन गर्नु भयो भने पासवर्ड म्यानेजरमा समेत पहुँच पाउन सक्नु हुन्छ । अनलाइन गोपनीयताका लागि यो एउटा राम्रो टुल (उपकरण) हो, खासगरी माइक्रोसफ्ट प्रयोगकर्ताहरूका लागि । माइक्रोसफ्टको यो अथेन्टिकेटर एप ओपनसोर्स हुनुका साथै डेस्कटपका लागि यसको ब्राउजर एक्सटेन्सन समेत उपलब्ध छ । यो एपमा मल्टिफ्याक्टर अथेन्टिकेसन कोड तयार पार्न तपाईँले माइक्रोसफ्ट अकाउन्ट बनाउने वा साइन इन गर्ने झन्झट पनि पर्दैन । जुन यसको एउटा…
Read More
विद्युतीय कारोबार नियमावली संशोधन, अब सरकारी निकायले पनि डिजिटल हस्ताक्षर जारी गर्न सक्ने

विद्युतीय कारोबार नियमावली संशोधन, अब सरकारी निकायले पनि डिजिटल हस्ताक्षर जारी गर्न सक्ने

काठमाडौं । सरकारले विद्युतीय कारोबार पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्‌ बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मङ्गलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्विसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् । नियमावली संशोधनसँगै अब सरकारी निकायहरूले समेत डिजिटल हस्ताक्षर जारी गर्न सक्नेछन् । यसअघि एउटा निजी कम्पनीले मात्र यस किसिमको हस्ताक्षर जारी गर्दै आएको थियो । सरकारी निकायहरूलाई पेपरलेस (कागज रहित) बनाउन डिजिटल हस्ताक्षरको प्रयोगलाई बढावा दिन आवश्यक रहेको भन्दै सरकारले सरकारी निकायलाई समेत प्रमाणीकरण गर्ने निकायको अनुमतिपत्र दिने बाटो खोलेको हो । सरकारले देशभर डिजिटल हस्ताक्षरलाई तीव्रताका साथ प्रयोगमा ल्याउन चाहेको र त्यसका लागि एउटा मात्र…
Read More