Prabidhi Kura

अनलाइन अकाउन्टहरू सुरक्षित राख्ने मामिलामा कस्तो छ माइक्रोसफ्ट अथेन्टिकेटर ? (तरिकासहित)

काठमाडौँ । माइक्रोसफ्ट अथेन्टिकेटरले मल्टी-फ्याक्टर अथेन्टिकेसन (एमएफए) प्रयोग गरी तपाईँका अनलाइन अकाउन्ट सुरक्षित राख्न र लगइन सजिलो बनाउँछ । निःशुल्क रूपमा उपलब्ध यो सुविधा प्रयोग गर्न तपाईँलाई माइक्रोसफ्ट अकाउन्ट पनि चाहिँदैन । यद्यपि तपाईँले यसमा साइन इन गर्नु भयो भने पासवर्ड म्यानेजरमा समेत पहुँच पाउन सक्नु हुन्छ ।

अनलाइन गोपनीयताका लागि यो एउटा राम्रो टुल (उपकरण) हो, खासगरी माइक्रोसफ्ट प्रयोगकर्ताहरूका लागि । माइक्रोसफ्टको यो अथेन्टिकेटर एप ओपनसोर्स हुनुका साथै डेस्कटपका लागि यसको ब्राउजर एक्सटेन्सन समेत उपलब्ध छ ।

यो एपमा मल्टिफ्याक्टर अथेन्टिकेसन कोड तयार पार्न तपाईँले माइक्रोसफ्ट अकाउन्ट बनाउने वा साइन इन गर्ने झन्झट पनि पर्दैन । जुन यसको एउटा अर्को राम्रो पक्ष हो । अथेन्टिकेसनका लागि केवल टोकन जेनेरेसन आवश्यक पर्छ, जुन त्यति जटिल प्रक्रिया होइन । त्यसैले तपाईँ ईमेल एड्रेस, फोन नम्बर वा अन्य व्यक्तिगत जानकारी बिना नै यो एपको आधारभूत सुविधा प्रयोग गर्न सक्नु हुन्छ । यद्यपि यसको आइडेन्टिटी र पासवर्ड म्यानेजमेन्ट सुविधा प्रयोग गर्न भने तपाईँले माइक्रोसफ्ट अकाउन्ट बनाउनु वा साइनइन गर्नुपर्ने हुन्छ ।

केही अथेन्टिकेटर एपहरूले आफ्नो सुविधा प्रयोग गर्न चाहने प्रयोगकर्ताका थुप्रै डेटा सङ्कलन गरिरहेका हुन्छन् । तर माइक्रोसफ्ट अथेन्टिकेटरको एन्ड्रोइड र आईओएस भर्सनले लोकेसन र डायग्नस्टिक डेटा सङ्कलन गर्छ, जुन अस्वाभाविक पनि होइन ।

यसले तपाईँको अनुमत बिना ब्याकग्राउन्डमा तपाईँको व्यक्तिगत डेटा सङ्कलन गरेर बस्दैन । जब कि गुगलको अथेन्टिकेटर एपको कुरा गर्ने हो भने त्यसले तपाईँको फोनको कन्ट्याक्ट लिस्ट र तपाईँको डिभाइसमा रहेका फोटो तथा भिडिओबाट समेत डेटा सङ्कलन गर्न सक्छ ।

माइक्रोसफ्ट अथेन्टिकेटर एप डाउनलोड गरिसकेपछि यसको प्राइभेसी पोलिसी (गोपनीयता नीति) एसेप्ट (स्वीकार) गर्नुपर्छ । सकेसम्म उक्त नीति पढ्नु होस् ।

माइक्रोसफ्ट अथेन्टिकेटरमा अकाउन्टहरू एड (थप) गर्न निकै सजिलो छ । तपाईँको कुनै पनि (फेसबुक, इन्स्टाग्राम, गुगल, माइक्रोसफ्ट आदि) अकाउन्ट खोलेर टुफ्याक्टर अथेन्टिकेसन अन गरिसकेपछि अथेन्टिकेटर एप सेक्सनमा जानुहोस् । अब त्यहाँ देखिने क्यूआर कोड माइक्रोसफ्ट एपलाई क्यामेरा एक्सेस दिएर स्क्यान गर्नुहोस् ।

अब कुनै अकाउन्टमा लग इन गर्ने क्रममा तपाईँले आफ्नो परिचय प्रमाणीकरण गर्नु पर्‍यो भने अथेन्टिकेटर एपको ड्याशबोर्डमा रहेको ६ अङ्कको कोड राख्नु पर्ने हुन्छ । यो एपबाट तपाईँ कुनै अकाउन्ट हटाउन चाहनु हुन्छ भने पनि ड्याशबोर्डमा रहेको अकाउन्टमा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि स्क्रिनको माथि दायाँ कुनामा रहेको गियरमा गएर रिमुभ अकाउन्ट भन्ने बटनमा दबाउन सक्नु हुन्छ ।

तपाईँ एप्पलको किचेन अथवा गुगल क्रोम र फायरफक्स जस्ता ब्राउजरमा स्टोर गरिएका पासवर्ड पनि यसमा इम्पोर्ट (ल्याउन) गर्न सक्नु हुन्छ । यति मात्र होइन, यसले वनपासवर्ड, बिटार्डेन, ड्याशलेन, लास्टपास तथा नोर्डपास जस्ता लोकप्रिय पासवर्ड म्यानेजरबाट समेत पासवर्डको सूची इम्पोर्ट गर्न सक्छ ।

माइक्रोसफ्ट अथेन्टिकेटरलाई पासवर्ड म्यानेजरको रूपमा प्रयोग गर्न सुरु गर्दै हुनुहुन्छ भने तपाईँले आफ्नो डिभाइसको सेटिङ मेनुमा गएर अटो-फिलिङलाई इनेबल गर्नुपर्ने हुन्छ । यसका लागि एपले सहज किसिमको निर्देशन उपलब्ध गराउँछ ।

एपको एड्रेस सेक्सनमा तपाईँको नाम, ठेगाना र फोन नम्बर जस्ता जानकारी स्टोर गरिएको हुन्छ । वेबसाइटहरूमा अटो-फिलिङ इनेबल गर्नको लागि सेटिङ मेनुमा जानुहोस् र ‘सेट एज अटोफिल प्रोभाइडर’ टोगल अन गर्नुहोस् ।

यदि तपाईँको ब्राउजरमा अटो-फिलिङले काम गरिरहेको छैन भने तपाईँ ‘मोर एप्स एन्ड साइट सेटिङ्स’ अटोफिल टर्न गर्न सक्नु हुन्छ । याद राख्नुहोस्, यो सेटिङ अन गर्नु भनेको माइक्रोसफ्ट अथेन्टिकेटरलाई एप ब्याकग्राउन्डमा रन भइरहेको बेला तपाईँको डिभाइसमा रहेको एक्सेसिबिलिटी टुलमा पहुँच दिनु हो । यसले उक्त एपलाई भारी बनाउन र ब्याट्री लाइफ समेत घटाइदिन सक्छ ।

माइक्रोसफ्ट अथेन्टिकेटरले तपाईँको एमएफए टोकनका लागि ब्याकअप समेत तयार पारिदिन सक्छ । जुन तपाईँले नयाँ फोन किन्नु भयो वा पुरानो हराउनु भयो भने काम लाग्छ । तपाईँ आफ्नो डेटा आईक्लाउड वा आफ्नो माइक्रोसफ्ट अकाउन्टमा ब्याकअप राख्न सक्नु हुन्छ । ब्याकअप मेनुमा रहेको डिटेल्स बटन ट्याप गर्नु भयो भने त्यहाँ तपाईँले पछिल्लो पल्ट तपाईँको डेटा कहिले ब्याअप गरिएको थियो र ट्रान्सफरका लागि कुन डिभाइस प्रयोग गरिएको थियो भन्ने कुरा देख्न सक्नु हुन्छ ।

एमएफए टोकन सिर्जना गर्न र तपाईँका अनलाइन अकाउन्ट जोगाउन माइक्रोसफ्ट अथेन्टिकेटरले राम्रोसँग काम गर्न सक्छ । यो सेटअप तथा प्रयोगका लागि पनि सजिलो छ, जसले अनलाइन अथेन्टिकेसनका लागि यसलाई एउटा राम्रो विकल्प बनाएको छ ।

मुख्य समाचार

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

पछिल्ला अपडेट

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

काठमाण्डौं — यात्रा गर्दा वा ट्राफिक जाममा फसेका बेला धेरैले कारमै मोबाइल फोन चार्ज गर्ने गर्दछन् । सजिलो र व्यवहारिक जस्तो देखिने...
लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

काठमाण्डौं — स्मार्टफोन अहिले व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको उपकरण बनेको छ। मोबाइलमा आउने सन्देश, बैंकिङ ओटीपी, इमेल र सामा...
स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

काठमाण्डौं — अन्तरिक्षमा बढ्दो मलबा (पृथ्वीको वरिपरि घुमिरहेका काम नलाग्ने वस्तुहरू) र स्याटेलाइट ठोक्किने जोखिमलाई ध्यानमा राख्दै...
सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

काठमाण्डौं — मोबाइल फोनमा दशकौँदेखि प्रयोग हुँदै आएको सानो प्लास्टिक सिम कार्ड अब बिस्तारै हराउने क्रममा छ। स्मार्टफोनभित्र अन्य क...