Prabidhi Kura

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

काठमाडौँ — सूर्यबाट निस्किने कणको प्रवाहले बनाएको विशाल सुरक्षा कवच ‘हेलियोस्फियर’ को रहस्य बुझ्न नासाले नयाँ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ।

मिल्की–वेमा फैलिएको उच्च ऊर्जा बोकेका कॉस्मिक रेबाट सौर्य प्रणालीलाई जोगाउने यो प्राकृतिक तह कति विशाल छ र यसको सीमा कस्तो छ भन्ने विषय अझै अस्पष्ट छ। IMAP (Interstellar Mapping and Acceleration Probe) नामको नयाँ मिसनले यिनै जटिल प्रश्नका उत्तर खोज्नेछ।

सूर्यबाट निस्कने सोलार विन्डले बनाएको बबलजस्तो संरचना नै हेलियोस्फियर हो। पृथ्वीको चुम्बकीय क्षेत्रसँगै यो तहले ग्रहहरूलाई हानिकारक विकिरणबाट जोगाइरहेको वैज्ञानिकहरूको भनाइ छ। जीवन टिक्न सहयोग गर्ने यस्तो सुरक्षा व्यवस्था पृथ्वीमात्र होइन, मङ्गलजस्ता ग्रहको विगत बुझ्न पनि महत्त्वपूर्ण रहने बताइएको छ।

उच्च रिजोल्युसनमा हेलियोस्फियरको नक्सा

पहिलेदेखि नै वायेजर १ र २, पायोनियर र IBEX जस्ता मिसनले हेलियोस्फियरको केही भागबारे संकेत दिएका थिए। तर IMAP ले पहिलोपटक यसको सीमाको उच्च–विवरणयुक्त नक्सा बनाउनेछ। नासाका अनुसार हेलियोस्फियरको सीमा पृथ्वी–प्लुटो दूरीको तीन गुणासम्म फैलिएको हुन्छ।

IMAP का १० उपकरणले सूर्यबाट निस्किने कणहरू अन्तरतारकीय वातावरणसँग कसरी अन्तरक्रिया गर्छन् र त्यही प्रक्रियाबाट बन्ने ‘एनर्जेटिक न्युट्रल एटम्स’ (ENA) कहाँबाट उत्पन्न हुन्छन् भन्ने पहिचान गर्नेछन्। यिनै कणहरूको मार्ग पछ्याउँदै मिसनले हेलियोस्फियरको अदृश्य सीमासम्मको आकृति निर्धारण गर्नेछ। हेलियोस्फियरको आकार धूमकेतुजस्तै लम्बिएको हुनसक्ने प्रारम्भिक संकेत वायेजरले दिएको थियो।

प्रिन्सटन विश्वविद्यालयका वैज्ञानिक तथा IMAP का प्रमुख अनुसन्धानकर्ता डेविड म्याकोमासले भने, “यो मिसनले हेलियोस्फियर कसरी बनेको छ, कसरी काम गर्छ, र सूर्यबाट निस्किने कणप्रवाहले हाम्रो ग्रहलाई कसरी सुरक्षा गर्छ भन्ने विषय थप स्पष्ट बनाउनेछ।”

IMAP करिब तीन महिनापछि पृथ्वीबाट १६ लाख किलोमिटर टाढाको कक्षमा प्रवेश गर्नेछ र त्यहाँबाट रियल टाइममा सोलार विन्डको मापन गर्दै हेलियोस्फियरको सीमा ९.७ देखि १४.५ अर्ब किलोमिटर दूरिसम्म अध्ययन गर्नेछ।

सौर्य झट्का (solar storms) को पूर्वानुमानमा पनि सहयोग

IMAP सँगै नासाको Carruthers Geocorona Observatory र NOAA को SWFO–L1 मिसन पनि प्रक्षेपण गरिएको छ। यी मिसनले अन्तरिक्ष मौसम निगरानीलाई थप सुदृढ गर्नेछन्। सूर्यबाट आउने सौर्य तूफानले  अन्तरिक्षयात्री, उपग्रह, सञ्चार प्रणाली र बिजुली सञ्जालमा क्षति पुर्‍याउन सक्छ भन्ने चेतावनी तिब्र बन्दै गइरहेको बेला यी उपकरण महत्वपूर्ण हुने नासाको भनाइ छ।

Carruthers मिसनले पृथ्वीको बाहिरी वायुमण्डल ‘एक्सोस्फियर’ को अवलोकन गर्नेछ। SWFO–L1 लेभने सूर्यका गतिविधि निगरानी गर्दै सौर्य तूफानबारे छिटो चेतावनी दिने प्रणालीका रूपमा काम गर्नेछ। हालको अवस्थित मिशनले चित्र पठाउन ८ घण्टासम्म लाग्ने अवस्थामा SWFO–L1 ले आधा घण्टामै डेटा उपलब्ध गराउनेछ।

NOAA का Space Weather Prediction Center का निर्देशक क्लिन्टन वालेस भन्छन्, “हाम्रा ऊर्जा प्रणालीदेखि विमान उडान र उपग्रहसम्म, सबै अन्तरिक्ष मौसममा निर्भर छन्। SWFO–L1 ले सूर्यबाट आउने सम्भावित जोखिम पहिले नै पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।”

तीनै मिसन सक्रिय भएपछि सूर्य, सौर्य कणप्रवाह र हाम्रो सौर्य प्रणालीलाई घेरेर रहेको विशाल सुरक्षा कवच ‘हेलियोस्फियर’ को विस्तृत संरचना पहिलोपटक स्पष्ट रूपमा सार्वजनिक हुने वैज्ञानिकहरूको विश्वास छ।

मुख्य समाचार

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

पछिल्ला अपडेट

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

काठमाण्डौं — यात्रा गर्दा वा ट्राफिक जाममा फसेका बेला धेरैले कारमै मोबाइल फोन चार्ज गर्ने गर्दछन् । सजिलो र व्यवहारिक जस्तो देखिने...
लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

काठमाण्डौं — स्मार्टफोन अहिले व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको उपकरण बनेको छ। मोबाइलमा आउने सन्देश, बैंकिङ ओटीपी, इमेल र सामा...
स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

काठमाण्डौं — अन्तरिक्षमा बढ्दो मलबा (पृथ्वीको वरिपरि घुमिरहेका काम नलाग्ने वस्तुहरू) र स्याटेलाइट ठोक्किने जोखिमलाई ध्यानमा राख्दै...
सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

काठमाण्डौं — मोबाइल फोनमा दशकौँदेखि प्रयोग हुँदै आएको सानो प्लास्टिक सिम कार्ड अब बिस्तारै हराउने क्रममा छ। स्मार्टफोनभित्र अन्य क...