Prabidhi Kura

गेमिङ/ई-स्पोर्ट्स

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

काठमाडौँ — चर्चित अनलाइन प्लेटफर्म रेडिट ले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने अस्ट्रेलियाली सरकारी निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। रेडिट को दाबी छ कि यो प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक संवादमा गम्भीर असर पार्नेछ। अस्ट्रेलियाली सरकारले हालै १६ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने कानुन पारित गरेको थियो। यस कानुनअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स (X) र रेडिट जस्ता प्लेटफर्मले उमेर प्रतिबन्ध कडाइका साथ लागू गर्नुपर्नेछ। नियम उल्लङ्घन गरेमा ती कम्पनीलाई ठूलो जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ। रेडिट ले भने यो कानुन अत्यन्त व्यापक र अस्पष्ट रहेको दाबी गरेको छ। कम्पनीका अनुसार…
Read More
डिजिटल नेपाल : पहुँच बढ्यो, समानता किन आएन ?

डिजिटल नेपाल : पहुँच बढ्यो, समानता किन आएन ?

काठमाण्डौं — सन् २०२५ सम्म आइपुग्दा इन्टरनेट पहुँच विश्वव्यापी रूपमा उल्लेखनीय रूपमा फैलिएको छ। फाइबर, मोबाइल ब्रडब्यान्ड र वायरलेस प्रविधिले करोडौँ मानिसलाई डिजिटल संसारसँग जोडेको छ। नेपाल पनि यस प्रवृत्तिबाट अलग छैन। मोबाइल इन्टरनेट देशका अधिकांश भू–भागमा पुगेको छ र सहरी क्षेत्रमा फाइबर इन्टरनेट सामान्य सेवाजस्तै बन्दै गएको छ। तर यति प्रगतिको बीचमा पनि एउटा यथार्थ उस्तै छ: डिजिटल विभाजन अझै घट्न सकेको छैन। डिजिटल विभाजनको कुरा गर्दा धेरैले इन्टरनेट छ कि छैन भन्ने प्रश्नमै बहस सीमित गर्दछन्। तर वास्तविकता त्यसभन्दा धेरै गहिरो छ। डिजिटल विभाजनका तीन तह छन्- पहिलो: इन्टरनेटको पहुँच, दोस्रो: त्यसको लागत किफायती छ कि छैन र…
Read More
एआईको गतिसँग तालमेल खोज्दै 6G

एआईको गतिसँग तालमेल खोज्दै 6G

काठमाण्डौं — आगामी पुस्ताको मोबाइल प्रविधि 6G र तीव्र गतिमा विकास भइरहेको कृत्रिम बुद्धिमत्ता (AI) लाई कसरी एउटै मापदण्डभित्र समेट्ने भन्ने विषय अहिले विश्व टेलिकम उद्योगको प्रमुख बहस बनेको छ। टेलिकम प्रविधि विकासको चक्र करिब १० वर्ष लामो हुने गरेको अवस्थामा, एआई भने केही महिनामै नयाँ स्तरमा पुगिरहेको छ। यही असन्तुलनले 6G विकासलाई थप जटिल बनाएको देखिन्छ। हाल 6G औपचारिक रूपमा अध्ययन चरण (study phase) मा प्रवेश गरिसकेको छ। मोबाइल प्रविधिको अन्तर्राष्ट्रिय मानक तय गर्ने संस्था 3GPP ले सन् २०२५ बाट 6G माथि अध्ययन सुरु गरेको हो। यो चरण आगामी १२ देखि १८ महिनासम्म चल्ने अपेक्षा गरिएको छ। यस अवधिमा…
Read More
युरोपको स्पेक्ट्रम नीतिले वाइ फाइको भविष्य अन्योलमा

युरोपको स्पेक्ट्रम नीतिले वाइ फाइको भविष्य अन्योलमा

काठमाडौँ — विश्व डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको युरोपेली संघ पछिल्ला वर्षहरूमा कडा प्रविधि नियमनको बाटोमा गएको देखिन्छ । डिजिटल प्लेटफर्ममाथि नियन्त्रणदेखि प्रतिस्पर्धा नीतिसम्मका निर्णयले प्रविधि क्षेत्रमा लगानी घट्दै गएको र नवप्रवर्तन अन्य क्षेत्रतर्फ सर्दै गएको तथ्यांकहरूले देखाउँछन् । यही क्रममा युरोपेली आयोगले अघि सारेको ६ GHz स्पेक्ट्रम सम्बन्धी प्रस्तावले नयाँ बहस जन्माएको छ । आयोगले ६ GHz को माथिल्लो ब्यान्ड मोबाइल अपरेटरलाई मात्र लाइसेन्स दिने तयारी गरेपछि त्यसको असर वाइ फाइ प्रविधि, उपभोक्ता र डिजिटल उद्योगमा पर्न सक्ने आँकलन गरिएको छ । विश्व इन्टरनेट पूर्वाधारमा वाइ–फाइको भूमिका महत्वपूर्ण रहँदै आएको छ । घरबाट काम, टेलिहेल्थ, शिक्षा र उद्योग…
Read More
परम्परागत टेलिकम मोडेल अब पर्याप्त छैन

परम्परागत टेलिकम मोडेल अब पर्याप्त छैन

काठमाडौँ — हालै दुबईमा सम्पन्न क्वान्टेल डिजिटल लिडर्स समिट सम्बन्धी सार्वजनिक अभिव्यक्ति र विश्लेषणहरू हेर्दा टेलिकम उद्योग गहिरो रूपान्तरणको चरणमा प्रवेश गरिसकेको देखिन्छ। सम्मेलनमा उठाइएका विषय र उद्योग नेतृत्वका भनाइले टेलिकम अब केवल कनेक्टिभिटीमा सीमित व्यवसाय नरहेको सन्देश स्पष्ट रूपमा दिएका छन्। समिटमा भिओएन ग्रुप का प्रमुख कार्यकारी अधिकृतले दिएको भनाइ विशेष रूपमा चर्चामा आयो। उनले भिओएनलाई “टेलिकम लाइसेन्स मात्र भएको डिजिटल सेवा कम्पनी” भनेर परिभाषित गरे। यो भनाइलाई उद्योग विश्लेषकहरूले हाल टेलिकम क्षेत्रमा भइरहेको संरचनात्मक परिवर्तनको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन्। उद्योगका पछिल्ला तथ्यांकहरूले पनि यही यथार्थ देखाउँछन्। परम्परागत कल र डेटा सेवाबाट हुने आम्दानी धेरैजसो बजारमा स्थिर…
Read More
ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ क्षमता सुधार गर्न आईएफसीले सघाउने

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ क्षमता सुधार गर्न आईएफसीले सघाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा डिजिटल वित्तीय सेवा र एम्बेडेड फाइनान्स मोडेलहरूलाई अगाडि बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । ‍डिजिटल बैंकिङ क्षमतालाई अभिवृद्धि गर्ने र ग्राहकलाई उन्नत प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यसहित यो साझेदारी भएको हो । सम्झौताअनुसार आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रूपान्तरण र डेटा परिपक्वताको मूल्याङ्कन गरी आवश्यक सुधारका क्षेत्रहरू पहिचान गर्ने तथा रणनीतिक सुझाव प्रदान गर्नेछ । यसका साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरूको प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी बैंकलाई सल्लाह दिनेछ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवर्द्धनमा सहयोग पुग्नुका…
Read More
तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि ? यसरी चेक गर्नुहोस्

तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि ? यसरी चेक गर्नुहोस्

काठमाडौं । के तपाईंलाई थाहा छ ? आजभोलि ह्याकरहरूले ठूला कम्पनी र सरकारी निकायलाई मात्र होइन, तपाईं-हामी जस्ता सामान्य मानिसलाई पनि निशाना बनाउन थालेका छन् । उनीहरूको उद्देश्य बैंक/वालेट खातामा पहुँच पुर्‍याउनेदेखि हाम्रा हरेक डिजिटल गतिविधिहरूमा नजर राख्ने हुन सक्छ । यस्ता सम्भावित हमलाबाट बेलैमा सचेत रहन सके यो साइबर दुनियाँमा तपाईँ सुरक्षित रहन सक्नुहुन्छ । यदि तपाईंलाई कसैले तपाईंको ईमेल, सामाजिक सञ्जाल, मेसेजिङ एप वा अन्य कुनै महत्त्वपूर्ण सेवामा पहुँच पाएको शंका छ भने त्यसबाट बच्न के गर्न सकिन्छ भन्ने कुरा जान्न जरुरी छ । आउनुहोस्, हामी तपाईंलाई आफ्नो डिजिटल जीवन सुरक्षित राख्ने केही महत्त्वपूर्ण उपायहरू बताउँछौं: धेरैजसो कम्पनीले…
Read More
आईफोनमा नयाँ अपडेट: अब एप आइकनमा मनपर्ने फोटो वा डिजाइन राख्न सकिने

आईफोनमा नयाँ अपडेट: अब एप आइकनमा मनपर्ने फोटो वा डिजाइन राख्न सकिने

काठमाडौं । आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने एउटा राम्रो खबर छ । अब तपाईँले आईफोनको एप आइकनहरूलाई आफ्नो रुचि अनुसार परिवर्तन गर्न सक्नुहुन्छ । हालै एप्पलले सबै प्रयोगकर्ताका लागि यस्तो फिचर थप गरेको हो । आईओएस १८ मा आएको यस सुविधाले फोनको होम स्क्रिनलाई अझ आकर्षक र पर्सनलाइज बनाउन मद्दत गर्ने एप्पलको विश्वास छ । पुराना र परम्परागत आइकनहरू हेर्दा दिक्क लाग्छ भने अब मनपर्ने फोटो वा डिजाइनलाई एप आइकनको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यस्तो छ प्रक्रिया - सबैभन्दा पहिले सर्टकट एपमा जानुहोस् । - स्क्रिनको माथिपट्टि दायाँतिर भएको प्लस (+) आइकनमा ट्याप गर्नुहोस् । - स्क्रिनको तल…
Read More
अनलाइन अकाउन्टहरू सुरक्षित राख्ने मामिलामा कस्तो छ माइक्रोसफ्ट अथेन्टिकेटर ? (तरिकासहित)

अनलाइन अकाउन्टहरू सुरक्षित राख्ने मामिलामा कस्तो छ माइक्रोसफ्ट अथेन्टिकेटर ? (तरिकासहित)

काठमाडौँ । माइक्रोसफ्ट अथेन्टिकेटरले मल्टी-फ्याक्टर अथेन्टिकेसन (एमएफए) प्रयोग गरी तपाईँका अनलाइन अकाउन्ट सुरक्षित राख्न र लगइन सजिलो बनाउँछ । निःशुल्क रूपमा उपलब्ध यो सुविधा प्रयोग गर्न तपाईँलाई माइक्रोसफ्ट अकाउन्ट पनि चाहिँदैन । यद्यपि तपाईँले यसमा साइन इन गर्नु भयो भने पासवर्ड म्यानेजरमा समेत पहुँच पाउन सक्नु हुन्छ । अनलाइन गोपनीयताका लागि यो एउटा राम्रो टुल (उपकरण) हो, खासगरी माइक्रोसफ्ट प्रयोगकर्ताहरूका लागि । माइक्रोसफ्टको यो अथेन्टिकेटर एप ओपनसोर्स हुनुका साथै डेस्कटपका लागि यसको ब्राउजर एक्सटेन्सन समेत उपलब्ध छ । यो एपमा मल्टिफ्याक्टर अथेन्टिकेसन कोड तयार पार्न तपाईँले माइक्रोसफ्ट अकाउन्ट बनाउने वा साइन इन गर्ने झन्झट पनि पर्दैन । जुन यसको एउटा…
Read More
विद्युतीय कारोबार नियमावली संशोधन, अब सरकारी निकायले पनि डिजिटल हस्ताक्षर जारी गर्न सक्ने

विद्युतीय कारोबार नियमावली संशोधन, अब सरकारी निकायले पनि डिजिटल हस्ताक्षर जारी गर्न सक्ने

काठमाडौं । सरकारले विद्युतीय कारोबार पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्‌ बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मङ्गलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्विसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् । नियमावली संशोधनसँगै अब सरकारी निकायहरूले समेत डिजिटल हस्ताक्षर जारी गर्न सक्नेछन् । यसअघि एउटा निजी कम्पनीले मात्र यस किसिमको हस्ताक्षर जारी गर्दै आएको थियो । सरकारी निकायहरूलाई पेपरलेस (कागज रहित) बनाउन डिजिटल हस्ताक्षरको प्रयोगलाई बढावा दिन आवश्यक रहेको भन्दै सरकारले सरकारी निकायलाई समेत प्रमाणीकरण गर्ने निकायको अनुमतिपत्र दिने बाटो खोलेको हो । सरकारले देशभर डिजिटल हस्ताक्षरलाई तीव्रताका साथ प्रयोगमा ल्याउन चाहेको र त्यसका लागि एउटा मात्र…
Read More