Prabidhi Kura

एप्स/सफ्टवेयर

मोवाइलमा कुराकानी भइरहेको बेला नै ठगी पत्ता लगाउने फिचर Android मा

मोवाइलमा कुराकानी भइरहेको बेला नै ठगी पत्ता लगाउने फिचर Android मा

काठमाडौँ— मोबाइलमार्फत हुने ठगी बढ्दै जाँदा Google ले Android फोनमा कल नै चलिरहेकै बेलामा प्रयोगकर्तालाई चेतावनी दिने नयाँ सुरक्षा फिचर परीक्षण गर्न थालेको छ। कम्पनीका अनुसार, एआई–आधारित प्रणालीले कुराकानीको ढाँचा विश्लेषण गरेर शंकास्पद गतिविधि देखिए तुरुन्तै स्क्रिनमा चेतावनी देखाउनेछ । कलकै बीचमा ‘यो ठगी हुन सक्छ’ भन्ने सूचना Google ले विकसित गरेको यो मोडेलले कल सुरु भएपछि प्रयोग भइरहेका शब्द, दबाब दिने शैली, व्यक्तिगत विवरण माग्ने तरिका जस्ता व्यवहार पहिचान गर्दछ । यदि संवाद ठगीमा देखिने सामान्य ढाँचासँग मिल्न थाल्यो भने मोबाइलले तुरुन्त प्रयोगकर्तालाई सावधान हुन संकेत गर्दछ । जस्तै: बैंकको कर्मचारीको नाममा कल गर्दै खाता नम्बर, OTP, पासवर्ड माग्ने,…
Read More
YouTube ले ‘Expressive Captions’ फिचर सुरू गर्यो, अब उपशीर्षकले भाव पनि देखाउने

YouTube ले ‘Expressive Captions’ फिचर सुरू गर्यो, अब उपशीर्षकले भाव पनि देखाउने

काठमाडौँ— YouTube ले उपशीर्षकमा संवाद मात्र होइन, आवाजका ‘भाव’ समेत देखाउने नयाँ सुविधा Expressive Captions सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो फिचर सुरुवातमा अंग्रेजी भिडियोमा लागू गरिएको छ। कस्तो सुविधा हो? नयाँ उपशीर्षक प्रणालीले भिडियोमा बोलेका शब्दसँगै आवाजका संकेतहरू जस्तै गहिरो सास फेर्दा, अत्तिने आवाज, उच्च स्वर, चिच्याएको क्षण, ताली, गुनासो, आश्चर्य लाई पनि लेखेर देखाउँछ। यसले म्यूट गरेर भिडियो हेर्दा पनि दृश्यको माहोल बुझ्न मद्दत गर्दछ। कसका लागि उपयोगी? YouTube ले यो सुविधा विशेष गरी श्रवण असक्त प्रयोगकर्ता, सार्वजनिक स्थानमा म्यूट गरेर भिडियो हेर्ने दर्शक तथा अंग्रेजी संवाद बुझ्न कठिन हुने प्रयोगकर्तालाई ध्यानमा राखेर तयार गरिएको बताएको छ। कम्पनीको…
Read More
ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ क्षमता सुधार गर्न आईएफसीले सघाउने

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ क्षमता सुधार गर्न आईएफसीले सघाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा डिजिटल वित्तीय सेवा र एम्बेडेड फाइनान्स मोडेलहरूलाई अगाडि बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । ‍डिजिटल बैंकिङ क्षमतालाई अभिवृद्धि गर्ने र ग्राहकलाई उन्नत प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यसहित यो साझेदारी भएको हो । सम्झौताअनुसार आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रूपान्तरण र डेटा परिपक्वताको मूल्याङ्कन गरी आवश्यक सुधारका क्षेत्रहरू पहिचान गर्ने तथा रणनीतिक सुझाव प्रदान गर्नेछ । यसका साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरूको प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी बैंकलाई सल्लाह दिनेछ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवर्द्धनमा सहयोग पुग्नुका…
Read More
तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि ? यसरी चेक गर्नुहोस्

तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि ? यसरी चेक गर्नुहोस्

काठमाडौं । के तपाईंलाई थाहा छ ? आजभोलि ह्याकरहरूले ठूला कम्पनी र सरकारी निकायलाई मात्र होइन, तपाईं-हामी जस्ता सामान्य मानिसलाई पनि निशाना बनाउन थालेका छन् । उनीहरूको उद्देश्य बैंक/वालेट खातामा पहुँच पुर्‍याउनेदेखि हाम्रा हरेक डिजिटल गतिविधिहरूमा नजर राख्ने हुन सक्छ । यस्ता सम्भावित हमलाबाट बेलैमा सचेत रहन सके यो साइबर दुनियाँमा तपाईँ सुरक्षित रहन सक्नुहुन्छ । यदि तपाईंलाई कसैले तपाईंको ईमेल, सामाजिक सञ्जाल, मेसेजिङ एप वा अन्य कुनै महत्त्वपूर्ण सेवामा पहुँच पाएको शंका छ भने त्यसबाट बच्न के गर्न सकिन्छ भन्ने कुरा जान्न जरुरी छ । आउनुहोस्, हामी तपाईंलाई आफ्नो डिजिटल जीवन सुरक्षित राख्ने केही महत्त्वपूर्ण उपायहरू बताउँछौं: धेरैजसो कम्पनीले…
Read More
आईफोनमा नयाँ अपडेट: अब एप आइकनमा मनपर्ने फोटो वा डिजाइन राख्न सकिने

आईफोनमा नयाँ अपडेट: अब एप आइकनमा मनपर्ने फोटो वा डिजाइन राख्न सकिने

काठमाडौं । आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने एउटा राम्रो खबर छ । अब तपाईँले आईफोनको एप आइकनहरूलाई आफ्नो रुचि अनुसार परिवर्तन गर्न सक्नुहुन्छ । हालै एप्पलले सबै प्रयोगकर्ताका लागि यस्तो फिचर थप गरेको हो । आईओएस १८ मा आएको यस सुविधाले फोनको होम स्क्रिनलाई अझ आकर्षक र पर्सनलाइज बनाउन मद्दत गर्ने एप्पलको विश्वास छ । पुराना र परम्परागत आइकनहरू हेर्दा दिक्क लाग्छ भने अब मनपर्ने फोटो वा डिजाइनलाई एप आइकनको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यस्तो छ प्रक्रिया - सबैभन्दा पहिले सर्टकट एपमा जानुहोस् । - स्क्रिनको माथिपट्टि दायाँतिर भएको प्लस (+) आइकनमा ट्याप गर्नुहोस् । - स्क्रिनको तल…
Read More
अनलाइन अकाउन्टहरू सुरक्षित राख्ने मामिलामा कस्तो छ माइक्रोसफ्ट अथेन्टिकेटर ? (तरिकासहित)

अनलाइन अकाउन्टहरू सुरक्षित राख्ने मामिलामा कस्तो छ माइक्रोसफ्ट अथेन्टिकेटर ? (तरिकासहित)

काठमाडौँ । माइक्रोसफ्ट अथेन्टिकेटरले मल्टी-फ्याक्टर अथेन्टिकेसन (एमएफए) प्रयोग गरी तपाईँका अनलाइन अकाउन्ट सुरक्षित राख्न र लगइन सजिलो बनाउँछ । निःशुल्क रूपमा उपलब्ध यो सुविधा प्रयोग गर्न तपाईँलाई माइक्रोसफ्ट अकाउन्ट पनि चाहिँदैन । यद्यपि तपाईँले यसमा साइन इन गर्नु भयो भने पासवर्ड म्यानेजरमा समेत पहुँच पाउन सक्नु हुन्छ । अनलाइन गोपनीयताका लागि यो एउटा राम्रो टुल (उपकरण) हो, खासगरी माइक्रोसफ्ट प्रयोगकर्ताहरूका लागि । माइक्रोसफ्टको यो अथेन्टिकेटर एप ओपनसोर्स हुनुका साथै डेस्कटपका लागि यसको ब्राउजर एक्सटेन्सन समेत उपलब्ध छ । यो एपमा मल्टिफ्याक्टर अथेन्टिकेसन कोड तयार पार्न तपाईँले माइक्रोसफ्ट अकाउन्ट बनाउने वा साइन इन गर्ने झन्झट पनि पर्दैन । जुन यसको एउटा…
Read More
विद्युतीय कारोबार नियमावली संशोधन, अब सरकारी निकायले पनि डिजिटल हस्ताक्षर जारी गर्न सक्ने

विद्युतीय कारोबार नियमावली संशोधन, अब सरकारी निकायले पनि डिजिटल हस्ताक्षर जारी गर्न सक्ने

काठमाडौं । सरकारले विद्युतीय कारोबार पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्‌ बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मङ्गलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्विसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् । नियमावली संशोधनसँगै अब सरकारी निकायहरूले समेत डिजिटल हस्ताक्षर जारी गर्न सक्नेछन् । यसअघि एउटा निजी कम्पनीले मात्र यस किसिमको हस्ताक्षर जारी गर्दै आएको थियो । सरकारी निकायहरूलाई पेपरलेस (कागज रहित) बनाउन डिजिटल हस्ताक्षरको प्रयोगलाई बढावा दिन आवश्यक रहेको भन्दै सरकारले सरकारी निकायलाई समेत प्रमाणीकरण गर्ने निकायको अनुमतिपत्र दिने बाटो खोलेको हो । सरकारले देशभर डिजिटल हस्ताक्षरलाई तीव्रताका साथ प्रयोगमा ल्याउन चाहेको र त्यसका लागि एउटा मात्र…
Read More