ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ क्षमता सुधार गर्न आईएफसीले सघाउने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा डिजिटल वित्तीय सेवा र एम्बेडेड फाइनान्स मोडेलहरूलाई अगाडि बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । डिजिटल बैंकिङ क्षमतालाई अभिवृद्धि गर्ने र ग्राहकलाई उन्नत प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यसहित यो साझेदारी भएको हो । सम्झौताअनुसार आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रूपान्तरण र डेटा परिपक्वताको मूल्याङ्कन गरी आवश्यक सुधारका क्षेत्रहरू पहिचान गर्ने तथा रणनीतिक सुझाव प्रदान गर्नेछ । यसका साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरूको प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी बैंकलाई सल्लाह दिनेछ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवर्द्धनमा सहयोग पुग्नुका…