Prabidhi Kura

मुख्य समाचार

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

काठमाण्डौं — अन्तरिक्षमा बढ्दो मलबा (पृथ्वीको वरिपरि घुमिरहेका काम नलाग्ने वस्तुहरू) र स्याटेलाइट ठोक्किने जोखिमलाई ध्यानमा राख्दै अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो इन्टरनेट सेवा स्टारलिंक अन्तर्गत सञ्चालनमा रहेका हजारौँ स्याटेलाइटको कक्ष तल झार्ने निर्णय गरेको छ। कम्पनीका अनुसार सन् २०२६ भित्र लो–अर्थ अर्बिट (पृथ्वीको नजिकको कक्ष) मा रहेका करिब ४४ सय स्टारलिंक स्याटेलाइटलाई हालको उचाइभन्दा तल झारिनेछ। अहिले ती स्याटेलाइट करिब ५५० किलोमिटर उचाइमा रहेका छन्। नयाँ योजनाअनुसार ती स्याटेलाइटलाई करिब ४८० किलोमिटर उचाइको कक्षमा सारिनेछ। स्पेसएक्सले स्याटेलाइटको कक्ष तल झार्दा अन्तरिक्षमा रहेका अन्य स्याटेलाइट वा मलबासँग ठोक्किने सम्भावना कम हुने जनाएको छ। साथै सेवा अवधि पूरा भएपछि स्याटेलाइट…
Read More
सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

काठमाण्डौं — मोबाइल फोनमा दशकौँदेखि प्रयोग हुँदै आएको सानो प्लास्टिक सिम कार्ड अब बिस्तारै हराउने क्रममा छ। स्मार्टफोनभित्र अन्य कम्पोनेन्टका लागि ठाउँ चाहिने भन्दै निर्माता कम्पनीहरूले सिम स्लट हटाउन थालेका छन्। तर यो प्रविधिगत परिवर्तन प्रयोगकर्ताका लागि सहज भने देखिएको छैन। इ–सिम मा सरेपछि सामान्य फोन नम्बर ट्रान्सफरसमेत समस्या बनेको अनुभव सार्वजनिक भएको छ। सिम कार्डको इतिहास सन् १९९० को दशकदेखि सुरु हुन्छ। सुरुमा ठूलो आकारका सिम प्रयोग हुन्थे। समयसँगै ती साना बन्दै मिनी, माइक्रो हुँदै न्यानो सिमसम्म पुगे। अहिलेको न्यानो सिम सानो भए पनि स्मार्टफोनभित्र ठाउँ सीमित भएकाले कम्पनीहरूले डिजिटल सिम अर्थात् इ–सिम रोज्न थालेका छन्। सन् २०१६ मा…
Read More
अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

काठमाडौँ — चर्चित अनलाइन प्लेटफर्म रेडिट ले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने अस्ट्रेलियाली सरकारी निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। रेडिट को दाबी छ कि यो प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक संवादमा गम्भीर असर पार्नेछ। अस्ट्रेलियाली सरकारले हालै १६ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने कानुन पारित गरेको थियो। यस कानुनअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स (X) र रेडिट जस्ता प्लेटफर्मले उमेर प्रतिबन्ध कडाइका साथ लागू गर्नुपर्नेछ। नियम उल्लङ्घन गरेमा ती कम्पनीलाई ठूलो जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ। रेडिट ले भने यो कानुन अत्यन्त व्यापक र अस्पष्ट रहेको दाबी गरेको छ। कम्पनीका अनुसार…
Read More
OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

काठमाण्डौं — कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा अग्रणी कम्पनी OpenAI ले आफ्नो नयाँ एआई मोडल GPT-5.2 सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो मोडल विशेषगरी कार्यालयस्तरीय काम, व्यावसायिक लेखन, डाटा विश्लेषण र कोडिङ जस्ता कार्यमा अघिल्ला संस्करणभन्दा धेरै प्रभावकारी छ। OpenAI ले GPT-5.2 लाई कार्यस्थलमा प्रयोग हुने एआईलाई केन्द्रमा राखेर विकास गरेको जनाएको छ। लामो कागजात बुझ्ने, विस्तृत रिपोर्ट तयार पार्ने, डाटा तालिका तयार गर्ने, मिलाउने र विश्लेषण गर्ने, कोड लेख्ने र जटिल कामलाई चरणबद्ध रूपमा पूरा गर्ने क्षमतामा यसले ठूलो सुधार देखाएको कम्पनीको दाबी छ। नयाँ मोडलले लामो पाठ र धेरै जानकारी भएको काममा पनि सन्दर्भ नबिर्सने क्षमता बढाएको बताइएको छ।…
Read More
एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

काठमाण्डौं — कृत्रिम बुद्धिमत्ता (एआई) विकासको इतिहासमा नयाँ अध्याय थपिएको छ। पहिलोपटक अन्तरिक्षमै एआई मोडललाई तालिम (training) दिइएको छ, जसले भविष्यमा कम्प्युटिङ कहाँ र कसरी हुनेछ भन्ने धारणा नै बदल्ने संकेत दिएको छ। यो सफल परीक्षण अमेरिकी स्टार्टअप कम्पनी स्टारक्लाउड ले गरेको हो। कम्पनीले आफ्नो स्टारक्लाउड–१ उपग्रह मा उच्च क्षमताको कम्प्युटिङ उपकरण जडान गरेर अन्तरिक्षमै एआई मोडल चलाएको र तालिम दिएको जनाएको छ। यस क्रममा एआई मोडलले उपग्रहकै अवस्थिति, गति र अन्य प्राविधिक जानकारीबारे प्रश्नको जवाफ दिन सक्ने गरी काम गरेको बताइएको छ। अन्तरिक्षबाटै कम्प्युटिङ सम्भव भएको प्रमाण स्टारक्लाउड–१ मा राखिएको कम्प्युटिङ प्रणाली सौर्य ऊर्जाबाट सञ्चालन गरिएको थियो। यसले देखाएको…
Read More
अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

काठमाडौँ — सूर्यबाट निस्किने कणको प्रवाहले बनाएको विशाल सुरक्षा कवच ‘हेलियोस्फियर’ को रहस्य बुझ्न नासाले नयाँ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ। मिल्की–वेमा फैलिएको उच्च ऊर्जा बोकेका कॉस्मिक रेबाट सौर्य प्रणालीलाई जोगाउने यो प्राकृतिक तह कति विशाल छ र यसको सीमा कस्तो छ भन्ने विषय अझै अस्पष्ट छ। IMAP (Interstellar Mapping and Acceleration Probe) नामको नयाँ मिसनले यिनै जटिल प्रश्नका उत्तर खोज्नेछ। सूर्यबाट निस्कने सोलार विन्डले बनाएको बबलजस्तो संरचना नै हेलियोस्फियर हो। पृथ्वीको चुम्बकीय क्षेत्रसँगै यो तहले ग्रहहरूलाई हानिकारक विकिरणबाट जोगाइरहेको वैज्ञानिकहरूको भनाइ छ। जीवन टिक्न सहयोग गर्ने यस्तो सुरक्षा व्यवस्था पृथ्वीमात्र होइन, मङ्गलजस्ता ग्रहको विगत बुझ्न पनि महत्त्वपूर्ण रहने बताइएको…
Read More
अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

काठमाडौँ — अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने नयाँ नियम कार्यान्वयनमा ल्याएको छ। अब फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, युट्युबसहितका प्लेटफर्मले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको खाता खोल्न नदिनुका साथै सक्रिय खाता पनि बन्द गर्नुपर्नेछ। नियम नमान्ने कम्पनीमाथि कडा जरिवाना लगाइने चेतावनी सरकारले दिएको छ। अष्ट्रेलियाली सरकारले बालबालिकाको मानसिक स्वास्थ्यमा परेको असर, साइबर दुव्र्यवहार र बढ्दो अनलाइन जोखिमका कारण यो कदम चालिएको जनाएको छ। प्रधानमन्त्री एन्टोनी आल्बानेजेले सामाजिक सञ्जालले कम उमेरका प्रयोगकर्तालाई गम्भीर रूपमा प्रभावित गर्न थालेपछि नियन्त्रण अनिवार्य भएको बताए। नयाँ नियमले कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर जाँच गर्ने प्रणाली अनिवार्य बनाएको छ। उमेर प्रमाणित गर्न नसकिएका बालबालिकाको…
Read More
स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

काठमाण्डौं — स्मार्टफोन लामो समय एकै तरिकाले समातेर प्रयोग गर्दा मानिसको सानो औँलामा (pinky finger) मा देखिने शारीरिक परिवर्तन विश्वभर बढ्दै गएको विशेषज्ञहरूले बताएका छन्। द इन्डियन एक्सप्रेस  (The Indian Express) मा प्रकाशित रिपोर्टअनुसार फोन समात्दा सानो औँलामा पर्ने निरन्तर दबाबले औँलाको बनावटमा डेन्टजस्तो खाडल देखिनु, वक्रता आउनु र हड्डी तन्तुमा दबाब बढ्नुजस्ता समस्या पहिचान हुन थालेका छन्। चिकित्सकहरूका अनुसार समस्या साधारण तया असजिलोबाट सुरु भए पनि दीर्घकालमा जोर्नी दुखाइ, औँला र हत्केला समन्वयमा कमजोरी र नसामा असर पर्ने जोखिम बढ्दछ । धेरै प्रयोगकर्ताले फोनको तल्लो भाग सानो औँलामा अड्याएर पकड बनाउने भएकाले त्यही क्षेत्रमा दबाब केन्द्रीकृत हुने रिपोर्टमा उल्लेख…
Read More
एआई प्रविधिको तीव्र विस्तार, तर सुरक्षा उपाय अपर्याप्त

एआई प्रविधिको तीव्र विस्तार, तर सुरक्षा उपाय अपर्याप्त

काठमाण्डौं — विश्वका ठूला एआई कम्पनीहरूको सुरक्षा अभ्यास अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै तल रहेको एक नयाँ अध्ययनले निष्कर्ष निकालेको छ। फ्युचर अफ लाइफ इन्स्टिच्युट- Future of Life Institute (FLI) ले सार्वजनिक गरेको “AI Safety Index 2025” ले OpenAI, Anthropic, xAI र Meta जस्ता कम्पनीले जोखिम व्यवस्थापनका आधारभूत मानकसमेत पर्याप्त रूपमा अपनाउन नसकेको उल्लेख गरेको हो। रॉयटर्स (Reuters) का अनुसार, स्वतन्त्र विज्ञहरूले गरेको मूल्याङ्कनमा ती कम्पनीहरूसँग उदीयमान उच्च-क्षमतायुक्त एआई प्रणालीलाई सुरक्षित रूपमा नियन्त्रित राख्ने स्पष्ट रणनीति छैन। रिपोर्टमा जोखिम मूल्याङ्कन, पारदर्शिता, आन्तरिक समीक्षा र जिम्मेवारी निर्धारणजस्ता मुख्य क्षेत्रहरूमा कम्पनीहरूको तयारी कमजोर रहेको देखाइएको छ। FLI का अध्यक्ष म्याक्स टेगमार्क (Max Tegmark) ले…
Read More
मोबाइलमा ‘सधैं-अन’ लोकेशन ट्र्याकिङ अनिवार्य गर्ने भारतीय प्रस्ताव विवादित

मोबाइलमा ‘सधैं-अन’ लोकेशन ट्र्याकिङ अनिवार्य गर्ने भारतीय प्रस्ताव विवादित

नयाँ दिल्ली — भारतमा सबै स्मार्टफोनमा स्याटेलाइटमा आधारित लोकेशन ट्र्याकिङ अनिवार्य गर्ने प्रस्ताव सार्वजनिक भएपछि गोपनीयता र निगरानीबारे ठूलो बहस सुरु भएको छ। टेलिकम कम्पनीहरूले सरकारलाई बुझाएको उक्त प्रस्ताव अहिले अध्ययनकै क्रममा रहेको छ। के छ प्रस्तावको मूल उद्देश्य? टेलिकम सेवा प्रदायकहरूका अनुसार, A–GPS सधैं सक्रिय राखेपछि मोबाइलको स्थान ‘मीटर-स्तर’ मा ठ्याक्कै पत्ता लाग्नेछ। सुरक्षा एजेन्सीहरूलाई, हराइएका व्यक्तिको खोजी, अपराध अनुसन्धान र आपतकालीन उद्धारका लागि यस्तो प्रणाली आवश्यक रहेको उनीहरूको दाबी छ। हाल भारतमा टावर–आधारित लोकेशन प्रणाली प्रचलित छ, जसले अनुमानित स्थान मात्र दिन्छ। किन उठ्यो विरोध? प्रमुख स्मार्टफोन निर्माता एप्पल, गुगल र सामसुङले प्रस्तावलाई औपचारिक रूपमा चुनौती दिएका छन्।…
Read More