Prabidhi Kura

फिचरवार्ता

विश्वलाई हल्लाएका २०२५ का साइबर आक्रमण

विश्वलाई हल्लाएका २०२५ का साइबर आक्रमण

काठमाडौँ — सन् २०२५ विश्व साइबर सुरक्षाका दृष्टिले अत्यन्त चुनौतीपूर्ण वर्षका रूपमा दर्ज भएको छ। वर्षभरि विश्वभर ठूला साइबर आक्रमण, डाटा चुहावट र इन्टरनेट सेवा अवरुद्ध हुने घटना सार्वजनिक भए, जसले डिजिटल प्रणाली कति संवेदनशील छ भन्ने प्रश्नलाई फेरि सतहमा ल्याएको छ। क्लाउड सेवा प्रदायक, दूरसञ्चार कम्पनी, प्रविधि प्लेटफर्म र सरकारी निकायसम्म साइबर आक्रमणको चपेटामा परे। यी घटनाले व्यवसायिक सुरक्षा, डिजिटल भरोसा र भविष्यको साइबर तयारीमाथि गम्भीर बहस सुरु गराएको छ। क्लाउड र इन्टरनेट सेवा अवरुद्ध २०२५ का सबैभन्दा चर्चित घटनामध्ये एक थियो Cloudflare मा आएको समस्या, जसका कारण विश्वका धेरै वेबसाइट र अनलाइन सेवा केही समय अवरुद्ध भए। सामाजिक…
Read More
क्वान्टम र टेलिकम : जोखिमसँगै अवसर

क्वान्टम र टेलिकम : जोखिमसँगै अवसर

काठमाण्डौं — सन् २०२५ लाई संयुक्त राष्ट्रसंघले क्वान्टम विज्ञान तथा प्रविधिको अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको सन्दर्भमा टेलिकम उद्योगमा पनि यसको प्रभाव स्पष्ट देखिएको छ। यद्यपि व्यावसायिक रूपमा प्रयोग गर्न मिल्ने क्वान्टम कम्प्युटर आउन अझै केही वर्ष लाग्ने अनुमान छ, टेलिकम क्षेत्र भने त्यसको सम्भावित असरका लागि अहिले नै तयारीमा जुटेको देखिन्छ। सबैभन्दा ठूलो चिन्ता साइबर सुरक्षासँग जोडिएको छ। विज्ञहरूका अनुसार भविष्यमा शक्तिशाली क्वान्टम कम्प्युटरले हाल प्रयोग भइरहेका धेरैजसो एन्क्रिप्सन प्रविधि तोड्न सक्ने सम्भावना छ। अहिले इन्टरनेट र डिजिटल प्रणालीमा प्रयोग भइरहेका सुरक्षा कोडहरू सामान्य कम्प्युटरले सजिलै तोड्न सक्दैनन्। तर भविष्यमा विकसित हुने शक्तिशाली क्वान्टम कम्प्युटरले यस्ता सुरक्षा प्रणाली भङ्ग गर्न…
Read More
डिजिटल नेपाल : पहुँच बढ्यो, समानता किन आएन ?

डिजिटल नेपाल : पहुँच बढ्यो, समानता किन आएन ?

काठमाण्डौं — सन् २०२५ सम्म आइपुग्दा इन्टरनेट पहुँच विश्वव्यापी रूपमा उल्लेखनीय रूपमा फैलिएको छ। फाइबर, मोबाइल ब्रडब्यान्ड र वायरलेस प्रविधिले करोडौँ मानिसलाई डिजिटल संसारसँग जोडेको छ। नेपाल पनि यस प्रवृत्तिबाट अलग छैन। मोबाइल इन्टरनेट देशका अधिकांश भू–भागमा पुगेको छ र सहरी क्षेत्रमा फाइबर इन्टरनेट सामान्य सेवाजस्तै बन्दै गएको छ। तर यति प्रगतिको बीचमा पनि एउटा यथार्थ उस्तै छ: डिजिटल विभाजन अझै घट्न सकेको छैन। डिजिटल विभाजनको कुरा गर्दा धेरैले इन्टरनेट छ कि छैन भन्ने प्रश्नमै बहस सीमित गर्दछन्। तर वास्तविकता त्यसभन्दा धेरै गहिरो छ। डिजिटल विभाजनका तीन तह छन्- पहिलो: इन्टरनेटको पहुँच, दोस्रो: त्यसको लागत किफायती छ कि छैन र…
Read More
परम्परागत टेलिकम मोडेल अब पर्याप्त छैन

परम्परागत टेलिकम मोडेल अब पर्याप्त छैन

काठमाडौँ — हालै दुबईमा सम्पन्न क्वान्टेल डिजिटल लिडर्स समिट सम्बन्धी सार्वजनिक अभिव्यक्ति र विश्लेषणहरू हेर्दा टेलिकम उद्योग गहिरो रूपान्तरणको चरणमा प्रवेश गरिसकेको देखिन्छ। सम्मेलनमा उठाइएका विषय र उद्योग नेतृत्वका भनाइले टेलिकम अब केवल कनेक्टिभिटीमा सीमित व्यवसाय नरहेको सन्देश स्पष्ट रूपमा दिएका छन्। समिटमा भिओएन ग्रुप का प्रमुख कार्यकारी अधिकृतले दिएको भनाइ विशेष रूपमा चर्चामा आयो। उनले भिओएनलाई “टेलिकम लाइसेन्स मात्र भएको डिजिटल सेवा कम्पनी” भनेर परिभाषित गरे। यो भनाइलाई उद्योग विश्लेषकहरूले हाल टेलिकम क्षेत्रमा भइरहेको संरचनात्मक परिवर्तनको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन्। उद्योगका पछिल्ला तथ्यांकहरूले पनि यही यथार्थ देखाउँछन्। परम्परागत कल र डेटा सेवाबाट हुने आम्दानी धेरैजसो बजारमा स्थिर…
Read More
स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

काठमाण्डौं — स्मार्टफोन लामो समय एकै तरिकाले समातेर प्रयोग गर्दा मानिसको सानो औँलामा (pinky finger) मा देखिने शारीरिक परिवर्तन विश्वभर बढ्दै गएको विशेषज्ञहरूले बताएका छन्। द इन्डियन एक्सप्रेस  (The Indian Express) मा प्रकाशित रिपोर्टअनुसार फोन समात्दा सानो औँलामा पर्ने निरन्तर दबाबले औँलाको बनावटमा डेन्टजस्तो खाडल देखिनु, वक्रता आउनु र हड्डी तन्तुमा दबाब बढ्नुजस्ता समस्या पहिचान हुन थालेका छन्। चिकित्सकहरूका अनुसार समस्या साधारण तया असजिलोबाट सुरु भए पनि दीर्घकालमा जोर्नी दुखाइ, औँला र हत्केला समन्वयमा कमजोरी र नसामा असर पर्ने जोखिम बढ्दछ । धेरै प्रयोगकर्ताले फोनको तल्लो भाग सानो औँलामा अड्याएर पकड बनाउने भएकाले त्यही क्षेत्रमा दबाब केन्द्रीकृत हुने रिपोर्टमा उल्लेख…
Read More
‘उच्च क्षमताको एआई’ बनाउने होड तीव्र, वैज्ञानिक र उद्योग भित्रै चिन्ता बढ्दै

‘उच्च क्षमताको एआई’ बनाउने होड तीव्र, वैज्ञानिक र उद्योग भित्रै चिन्ता बढ्दै

काठमाडौँ— विश्वका प्रमुख प्रविधि कम्पनीहरूबीच कृत्रिम बुद्धिमत्ताको सबैभन्दा उन्नत रूप विकसित गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। सिलिकन भ्यालीदेखि युरोप र एसियासम्म फैलिएको यो दौडले एआई विकासको गति अनियन्त्रित रूपमा बढेको भन्दै वैज्ञानिक तथा उद्योगभित्रै चिन्ता व्यक्त गर्न थालेको द गार्जियनले जनाएको छ। पछिल्ला वर्षमा OpenAI, Google DeepMind, Anthropic, Meta, Nvidia लगायत कम्पनीहरूले मानवस्तर जस्तै निर्णय क्षमता, तर्कशक्ति र स्वतन्त्र रूपमा समस्या समाधान गर्न सक्ने एआई प्रणाली निर्माणलाई आफ्नो मुख्य लक्ष्य बनाएका छन्। यस्तो स्तरको एआईलाई ‘आर्टिफिसियल जेनरल इन्टेलिजेन्स’ (AGI) भनेर चिनिन्छ। उद्योग विश्लेषकहरूका अनुसार यस्तै क्षमताको एआई २०२६–२०२७ भित्रै देखिन सक्ने अनुमानले प्रतिस्पर्धा झनै तीव्र बनेको छ। कम्पनीहरूले यसका…
Read More
एआईले अहिलेको समय किन बताउन सक्दैन?

एआईले अहिलेको समय किन बताउन सक्दैन?

काठमाडौँ— विश्लेषण र जटिल कार्यसमेत सजिलै गर्ने क्षमतासहितका ChatGPT, Claude जस्ता एआई च्याटबोटले एउटा सामान्य प्रश्नको उत्तर दिँदा भने चिप्लिने गर्दछन्। प्रयोगकर्ताले “अहिले कति बज्यो होला?” भनेर सोध्दा यी अत्याधुनिक मोडेलले प्रायः समय बताउन सक्दैनन्। यो सामान्य कमजोरीजस्तो देखिए पनि यसको जड प्राविधिक संरचनासँग गहिरोसँग जोडिएको हुन्छ। रियल टाइम घडीमा एआईको पहुँच हुँदैन LLM आधारित एआई मोडेलहरूको आन्तरिक संरचनामा सिस्टम घडीसँग प्रत्यक्ष पहुँच हुँदैन। मोडेलले न प्रयोगकर्ताको उपकरणको घडी हेर्न सक्छ, न आफ्नो सर्वरको समय। एआईले केवल प्राप्त इनपुट, प्रशिक्षण डाटा र वार्तालापको सन्दर्भ हेरेर प्रतिक्रिया दिन्छ। त्यसैले समयको वास्तविक अवस्थाबारे यसलाई थाहा हुने संरचना नै हुँदैन। किन यस्तो प्रतिबन्ध…
Read More
दश वर्षमै विश्वको उत्कृष्ट वेब कन्फ्रेन्सिङ सेवा बनेको Zoom को कथा

दश वर्षमै विश्वको उत्कृष्ट वेब कन्फ्रेन्सिङ सेवा बनेको Zoom को कथा

काठमाडौं— वेब कन्फ्रेन्सिङ प्रविधि सामान्य कुरा जस्तो लागे पनि, यसलाई आजको सरल रूप दिन पछाडि लामो संघर्ष र साहस लुकेको छ। Zoom का संस्थापक एरिक युआनको यात्रा यसकै प्रमाण हो। उनले Cisco मा जागिर छाडेर सुरु गरेको सानो कम्पनी आज विश्वकै सबैभन्दा लोकप्रिय भिडियो कन्फ्रेन्सिङ सेवा बनेको छ। WebEx बाट निराश, नयाँ बाटो रोज्ने निर्णय सन् २०११ मा एरिक युआन Cisco मा WebEx नामको भिडियो कन्फ्रेन्सिङ सेवाका उपाध्यक्ष थिए। उत्पादन धेरै पुरानो भइसकेको, प्रयोगकर्ताहरू असन्तुष्ट र सुधारका लागि आवश्यक लगानी गर्न कम्पनी तयार थिएन। युआनले बारम्बार सुधार गर्नुपर्ने आग्रह गरे  तर “अब चल्छ” भन्ने सोचले कम्पनी भित्रै प्रगति रोकियो। अन्ततः…
Read More
ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ क्षमता सुधार गर्न आईएफसीले सघाउने

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ क्षमता सुधार गर्न आईएफसीले सघाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा डिजिटल वित्तीय सेवा र एम्बेडेड फाइनान्स मोडेलहरूलाई अगाडि बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । ‍डिजिटल बैंकिङ क्षमतालाई अभिवृद्धि गर्ने र ग्राहकलाई उन्नत प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यसहित यो साझेदारी भएको हो । सम्झौताअनुसार आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रूपान्तरण र डेटा परिपक्वताको मूल्याङ्कन गरी आवश्यक सुधारका क्षेत्रहरू पहिचान गर्ने तथा रणनीतिक सुझाव प्रदान गर्नेछ । यसका साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरूको प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी बैंकलाई सल्लाह दिनेछ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवर्द्धनमा सहयोग पुग्नुका…
Read More
तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि ? यसरी चेक गर्नुहोस्

तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि ? यसरी चेक गर्नुहोस्

काठमाडौं । के तपाईंलाई थाहा छ ? आजभोलि ह्याकरहरूले ठूला कम्पनी र सरकारी निकायलाई मात्र होइन, तपाईं-हामी जस्ता सामान्य मानिसलाई पनि निशाना बनाउन थालेका छन् । उनीहरूको उद्देश्य बैंक/वालेट खातामा पहुँच पुर्‍याउनेदेखि हाम्रा हरेक डिजिटल गतिविधिहरूमा नजर राख्ने हुन सक्छ । यस्ता सम्भावित हमलाबाट बेलैमा सचेत रहन सके यो साइबर दुनियाँमा तपाईँ सुरक्षित रहन सक्नुहुन्छ । यदि तपाईंलाई कसैले तपाईंको ईमेल, सामाजिक सञ्जाल, मेसेजिङ एप वा अन्य कुनै महत्त्वपूर्ण सेवामा पहुँच पाएको शंका छ भने त्यसबाट बच्न के गर्न सकिन्छ भन्ने कुरा जान्न जरुरी छ । आउनुहोस्, हामी तपाईंलाई आफ्नो डिजिटल जीवन सुरक्षित राख्ने केही महत्त्वपूर्ण उपायहरू बताउँछौं: धेरैजसो कम्पनीले…
Read More