चिनियाँ प्रविधिले ल्यायो HDMI र DisplayPort को विकल्प, GPMI इन्टरफेस
काठमाडौं — चिनियाँ प्रविधि कम्पनीहरूको सहकार्यमा विकास गरिएको नयाँ इन्टरफेस टेक्नोलोजी GPMI (जनरल पर्पस मिडिया इन्टरफेस) ले अबसम्म प्रयोगमा रहेका HDMI र DisplayPort जस्ता इन्टरफेसहरूलाई विस्थापन गर्न सक्ने सम्भावना देखिएको छ। Shenzhen 8K Ultra HD Video Industry Collaboration Alliance ले सार्वजनिक गरेको GPMI इन्टरफेसलाई Hisense, Skyworth, TCL लगायत ५० भन्दा बढी चिनियाँ कम्पनीहरूले संयुक्त रूपमा विकास गरेका हुन्। यो प्रविधिले एउटै केबलमा भिडियो, अडियो, नेटवर्क, पावर आपूर्ति लगायत सबै सुविधा समेट्न सक्ने क्षमता राख्दछ। दुई प्रकारका GPMI केबल GPMI दुई फरक संस्करणमा उपलब्ध छ: Type-C: जुन USB-C स्ट्यान्डर्डअनुसार डिजाइन गरिएको छ र ९६ Gbps ब्यान्डविथ तथा २४० वाट पावर सप्लाइ…