काठमाडौं — गूगलले आफ्नो Gemini 2.5 एआई मोडेल परिवारअन्तर्गतको नयाँ संस्करण Gemini 2.5 Flash सार्वजनिक गरेको छ। यो मोडेल कम लागत र छिटो प्रतिक्रिया समय (low-latency) मा आधारित भएर निर्माण गरिएको हो, जुन रीयल-टाइम इनफरेन्स, ठूलो स्तरको अन्तर्क्रिया, र सामान्य प्रयोगका लागि उपयुक्त बनाइएको छ।
कम्पनीका अनुसार, Gemini 2.5 Flash चाँडै नै Google AI Studio र Vertex AI दुबै प्लेटफर्ममा प्रयोगका लागि उपलब्ध हुनेछ। यसमार्फत डेभलपर र प्रयोगकर्ताहरूले आफ्ना एप्लिकेशन र एआई एजेन्टहरू निर्माण गर्न सक्नेछन्।
Flash र Pro दुवै मोडेल Vertex AI मा उपलब्ध
गूगलले एक ब्लग पोस्टमार्फत यो नयाँ large language model (LLM) को जानकारी सार्वजनिक गरेको हो। उक्त पोस्टमा, गूगलले Gemini 2.5 Pro मोडेल पनि Vertex AI मा अब उपलब्ध रहेको उल्लेख गरेको छ।
Gemini 2.5 Pro गहिरो विश्लेषण, मल्टी-स्टेप एनालिसिस, र सूक्ष्म निर्णय आवश्यक हुने कार्यहरूका लागि उपयुक्त मानिएको छ। त्यहीँबेला, Gemini 2.5 Flash चाहिँ स्पीड, लो लेटेन्सी, र किफायती प्रयोगलाई ध्यानमा राखी विकास गरिएको हो।
‘वर्कहॉर्स’ भनेर चिनाइएको मोडेल
गूगलले Flash मोडेललाई “workhorse” (अर्थात् भरपर्दो र शक्तिशाली इञ्जिन) भनेर व्याख्या गरेको छ। यो विशेषगरी virtual assistants, real-time summary tools जस्ता अनुप्रयोगहरूको लागि आदर्श समाधानका रूपमा प्रस्तुत गरिएको छ, जहाँ द्रुत, सटीक र मापनयोग्य नतिजा अनिवार्य हुन्छ।
डायनामिक र कन्ट्रोलेबल reasoning को विशेषता
Gemini 2.5 Flash मा dynamic र controllable reasoning को क्षमतासमेत समावेश गरिएको छ। यसले डेभलपरलाई प्रयोगकर्ताको क्वेरीको जटिलता हेरेर processing time समायोजन गर्न दिनेछ, जसले गर्दा उत्तर दिने प्रक्रियामा थप नियन्त्रण र लचिलोपन सम्भव हुन्छ।