Prabidhi Kura

डिजिलाइफ

लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

काठमाण्डौं — स्मार्टफोन अहिले व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको उपकरण बनेको छ। मोबाइलमा आउने सन्देश, बैंकिङ ओटीपी, इमेल र सामाजिक सञ्जालका सूचना धेरैजसो गोप्य हुन्छन्। तर फोन लक भएको अवस्थामा पनि यस्ता सन्देश र नोटिफिकेशन स्क्रिनमै देखिँदा गोपनीयता जोखिममा पर्ने गरेको छ। सार्वजनिक ठाउँमा फोन राख्दा अरूले सजिलै स्क्रिनमा देखिने सन्देश पढ्न सक्ने अवस्था आउँछ। यही कारण पछिल्ला समय मोबाइल प्रयोगकर्तालाई लक स्क्रिनमा देखिने नोटिफिकेशन लुकाएर राख्न सुझाव दिइँदै आएको छ। स्मार्टफोनमा उपलब्ध सेटिङ प्रयोग गरेर यो समस्या सजिलै समाधान गर्न सकिन्छ। एन्ड्रोइड फोनमा सेटिङभित्र ‘नोटिफिकेशन’ विकल्पमा गएर ‘लक स्क्रिन नोटिफिकेशन’ नियन्त्रण गर्न सकिन्छ। यहाँ ‘संवेदनशील सामग्री लुकाउने’ वा ‘नोटिफिकेशन…
Read More
अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

काठमाडौँ — अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने नयाँ नियम कार्यान्वयनमा ल्याएको छ। अब फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, युट्युबसहितका प्लेटफर्मले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको खाता खोल्न नदिनुका साथै सक्रिय खाता पनि बन्द गर्नुपर्नेछ। नियम नमान्ने कम्पनीमाथि कडा जरिवाना लगाइने चेतावनी सरकारले दिएको छ। अष्ट्रेलियाली सरकारले बालबालिकाको मानसिक स्वास्थ्यमा परेको असर, साइबर दुव्र्यवहार र बढ्दो अनलाइन जोखिमका कारण यो कदम चालिएको जनाएको छ। प्रधानमन्त्री एन्टोनी आल्बानेजेले सामाजिक सञ्जालले कम उमेरका प्रयोगकर्तालाई गम्भीर रूपमा प्रभावित गर्न थालेपछि नियन्त्रण अनिवार्य भएको बताए। नयाँ नियमले कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर जाँच गर्ने प्रणाली अनिवार्य बनाएको छ। उमेर प्रमाणित गर्न नसकिएका बालबालिकाको…
Read More
स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

काठमाण्डौं — स्मार्टफोन लामो समय एकै तरिकाले समातेर प्रयोग गर्दा मानिसको सानो औँलामा (pinky finger) मा देखिने शारीरिक परिवर्तन विश्वभर बढ्दै गएको विशेषज्ञहरूले बताएका छन्। द इन्डियन एक्सप्रेस  (The Indian Express) मा प्रकाशित रिपोर्टअनुसार फोन समात्दा सानो औँलामा पर्ने निरन्तर दबाबले औँलाको बनावटमा डेन्टजस्तो खाडल देखिनु, वक्रता आउनु र हड्डी तन्तुमा दबाब बढ्नुजस्ता समस्या पहिचान हुन थालेका छन्। चिकित्सकहरूका अनुसार समस्या साधारण तया असजिलोबाट सुरु भए पनि दीर्घकालमा जोर्नी दुखाइ, औँला र हत्केला समन्वयमा कमजोरी र नसामा असर पर्ने जोखिम बढ्दछ । धेरै प्रयोगकर्ताले फोनको तल्लो भाग सानो औँलामा अड्याएर पकड बनाउने भएकाले त्यही क्षेत्रमा दबाब केन्द्रीकृत हुने रिपोर्टमा उल्लेख…
Read More
ह्यासट्याग दुरुपयोग रोक्न इन्स्टाग्राममा कडायी, सीमा तीनमा झार्ने तयारी

ह्यासट्याग दुरुपयोग रोक्न इन्स्टाग्राममा कडायी, सीमा तीनमा झार्ने तयारी

काठमाण्डौं— इन्स्टाग्रामले पोस्टमा राख्न सकिने ह्यासट्यागको संख्या तीनमा सीमित गर्ने तयारी गरिरहेको देखिन्छ। केही प्रयोगकर्ताको एपमा नयाँ चेतावनी देखिन थालेपछि कम्पनीले ह्यासट्याग प्रयोगको नीति कडाइतर्फ लैजान लागेको अनुमान गरिएको हो। कसरी खुल्यो नयाँ नियमको संकेत? प्रयोगकर्ताले सार्वजनिक गरेका स्क्रिनशटका अनुसार पोस्ट बनाउँदा ‘Three hashtags are enough’ भन्ने सूचना देखिन थालेको छ। उक्त सूचनाले तीनभन्दा धेरै ह्यासट्यागले पहुँच (reach) बढाउँदैन र Instagram ले सीमा तोक्ने दिशामा कदम चालिरहेको पुष्टि गर्दछ। किन ह्यासट्याग घटाउन खोज्दैछ Instagram? अति ह्यासट्याग प्रयोगले फिड स्पामजस्तै देखिने, सामग्रीको गुणस्तर घट्ने र एल्गोरिदमले वास्तविक रुचि छुट्याउन गाह्रो हुने समस्या बढेको भन्दै Instagram लामो समयदेखि आलोचना झेल्दै आएको छ।…
Read More
बर्षभरी हेरेको, सुनेको सामग्री अब युट्युब को रिक्यापमा

बर्षभरी हेरेको, सुनेको सामग्री अब युट्युब को रिक्यापमा

काठमाण्डौं— युट्युब ले आफ्नै वार्षिक ‘Year in Review’ रिक्याप सार्वजनिक गरेको छ । यसमार्फत प्रयोगकर्ताले बर्षभरी हेरेका भिडियो, सुनेका गीत र व्यक्तिगत रुचिसँग सम्बन्धित तथ्य एकैपटक बुझ्न सक्नेछन्। कम्पनीका अनुसार यो फिचर युट्युब र युट्युब म्युजिक दुवैमा उपलब्ध छ। के समावेश छ नयाँ रिक्यापमा रिक्यापले प्रयोगकर्ताले बर्षभरी बढी उपभोग गरेको सामग्रीलाई भिजुअल कार्डका रूपमा प्रस्तुत गर्दछ। सबैभन्दा धेरै सुनेको गीत, मनपराएका कलाकार, दोहोरिने प्ले लिस्ट, हेर्दै आएको भिडियो विधा र व्यक्तिगत ट्रेन्डहरू क्रमबद्ध रूपमा देखिन्छन्। मोबाइलमा हेर्दा रिक्याप स्लाइडजस्तो गरी क्रमिक रूपमा खुल्ने भएकाले वर्षभरको डिजिटल गतिविधि छोटो समयमै बुझ्न सजिलो हुनेछ। डाटा कसरी प्रस्तुत हुन्छ युट्युब ले प्रत्येक प्रयोगकर्ताका…
Read More
Firefox मा ‘Web Notes’ सुविधा परीक्षण, खोलिएको ट्याब किन खुला राखिएको हो भन्ने सम्झन सहयोग

Firefox मा ‘Web Notes’ सुविधा परीक्षण, खोलिएको ट्याब किन खुला राखिएको हो भन्ने सम्झन सहयोग

काठमाडौँ—इंटरनेट ब्राउजर Firefox ले उपयोगकर्ताले खोलेका ट्याबमा सिधै टिप्पणी राख्न सकिने नयाँ सुविधा Web Notes परीक्षण गर्न सुरु गरेको छ। धेरै ट्याब खुला राख्दा त्यसको उद्देश्य बिर्सिने समस्या समाधान गर्न यो फिचर बनाइएको मोजिला पक्षको भनाइ छ। ट्याबमै नोट राख्न सकिने परीक्षण चरणमा रहेको Firefox Nightly संस्करणमा Add Note नामको नयाँ विकल्प समावेश गरिएको छ। कुनै ट्याबमा राइट–क्लिक गरेर नोट थपेपछि ट्याबको छेउमा सानो चिह्न देखा पर्छ, जसले उक्त पृष्ठमा टिप्पणी जोडिएको संकेत गर्छ। यो सुविधा प्रयोग गर्न अतिरिक्त एक्सटेन्सन वा एप चाहिँदैन। ब्राउजरमै उपलब्ध गराइएको हो। किन यस्तो सुविधा आवश्यक? ब्राउजिङका क्रममा धेरै ट्याब एकसाथ खुला राख्ने बानी सामान्य…
Read More
व्हाट्सएपमा एकपछि अर्को नयाँ सुविधा: अब समूहमा अनलाइन संकेतदेखि व्यक्तिगत इभेन्टसमेत बनाउन सकिने

व्हाट्सएपमा एकपछि अर्को नयाँ सुविधा: अब समूहमा अनलाइन संकेतदेखि व्यक्तिगत इभेन्टसमेत बनाउन सकिने

काठमाडौं — विश्वभर झन्डै २ अर्बभन्दा धेरै प्रयोगकर्ता पुगेको म्यासेजिङ एप ‘व्हाट्सएप’ले ३ अर्बको नजिक पुग्दै गर्दा नयाँ–नयाँ सुविधा थप्न तिब्रता दिइरहेको छ। समयानुकूल नयाँ फिचर ल्याउनेक्रममा पछिल्लो समय व्हाट्सएपमा केही उपयोगी र रोचक सुविधाहरू थपिएका छन्। यी सुविधाले प्रयोगकर्ताको अनुभवलाई अझ सहज र कार्यगत बनाउने उद्देश्य राखिएको छ। समूहमा अनलाइन संकेतमात्र होइन, कति अनलाइन छन् भन्ने पनि देखिने अबदेखि कुनै समूह च्याटमा तलपट्टि कति जना सदस्य हाल अनलाइन छन् भन्ने संक्षिप्त जानकारी देखिनेछ। यद्यपि, को–को अनलाइन छन् भन्ने चाहिँ देखिँदैन। महत्त्वपूर्ण समूह च्याटलाई प्राथमिकता दिने ‘हाइलाइट’ सुविधा धेरै च्याट समूह हुँदा आवश्यक सूचना छुट्न सक्ने समस्या समाधान गर्न ‘Notify…
Read More
फेसबुक र मेसेन्जरमा युवावर्गको सुरक्षाका लागि मेटाको नयाँ सुविधा लागू

फेसबुक र मेसेन्जरमा युवावर्गको सुरक्षाका लागि मेटाको नयाँ सुविधा लागू

काठमाडौं — सामाजिक सञ्जालको लत र युवावर्गमाथि पर्न सक्ने नकारात्मक प्रभावको चर्को आलोचनाबीच मेटा प्लेटफर्म्सले आफ्नो “Teen Accounts” नामक सुविधा फेसबुक र मेसेन्जरमा समेत विस्तार गर्ने घोषणा गरेको छ। यसअघि यो सुविधा इन्स्टाग्राममा लागू गरिएको थियो। मेटाले जनाएको अनुसार, यस सुविधाअन्तर्गत युवावर्ग प्रयोगकर्ताहरूको गोपनीयता, समयको उपयोग र अभिभावकको निगरानीलाई प्राथमिकतामा राखिएको छ। अब सामाजिक सञ्जाल प्रयोग गर्दा युवावर्गका लागि केही सीमितता र सुरक्षा उपायहरू लागू हुनेछन्। किन महत्वपूर्ण छ यो सुविधा? हालै अमेरिकी सांसदहरूले बालबालिका र युवावर्गलाई सामाजिक सञ्जालबाट हुने नकारात्मक प्रभावबाट जोगाउन Kids Online Safety Act (KOSA) जस्ता विधेयक अघि बढाउने तयारी गरेका छन्। मेटा, टिकटक (ByteDance) र युट्युब…
Read More
व्हाट्सएपमा अब झन् गोप्य संवाद सम्भव, नयाँ सुविधा ल्याउँदै मेटा

व्हाट्सएपमा अब झन् गोप्य संवाद सम्भव, नयाँ सुविधा ल्याउँदै मेटा

काठमाडौं — मेटाको स्वामित्वमा रहेको लोकप्रिय म्यासेजिङ्ग एप ‘व्हाट्सएप’ प्रयोगकर्ताको संवादलाई अझ गोप्य बनाउन नयाँ सुविधा परीक्षणमा रहेको छ। WABetaInfo को पछिल्लो खुलासाअनुसार, कम्पनीले हाल Advanced Chat Privacy नामक फिचरमा काम गरिरहेको छ, जसले कुराकानीमा पठाइएका तस्बिर र भिडियोहरू प्राप्तकर्ताले आफ्नो उपकरणमा सुरक्षित गर्न नसक्ने बनाउनेछ। यो सुविधा पहिले नै उपलब्ध रहेको Disappearing Messages सँग मिल्दोजुल्दो छ — जहाँ प्रयोगकर्ताले फोटो वा भिडियो एक पटक मात्रै हेर्न सक्छन् तर डाउनलोड गर्न सक्दैनन्। तर नयाँ सुविधा अझ सशक्त छ, किनभने यसले मिडिया सुरक्षित गर्न नदिने मात्र होइन, पूरा कुराकानीलाई एक्सपोर्ट गर्ने विकल्पमा पनि रोक लगाउनेछ। यस सुविधाको उद्देश्य प्रयोगकर्ताबीच हुने संवेदनशील…
Read More
एक्स प्लेटफर्ममा इतिहासकै सबैभन्दा ठूलो साइबर हमला: २०० मिलियन यूजर्सको डेटा चोरी

एक्स प्लेटफर्ममा इतिहासकै सबैभन्दा ठूलो साइबर हमला: २०० मिलियन यूजर्सको डेटा चोरी

काठमाडौं — माइक्रोब्लॉगिंग प्लेटफर्म X (पहिले ट्विटर) सँग सम्बन्धित एक ठूलो साइबर हमलाको समाचार सार्वजनिक भएको छ। एक्स मा अहिले सम्मको सबैभन्दा ठूलो साइबर हमलाको दावी गरिएको छ। एक साइबर सुरक्षा रिपोर्ट अनुसार, एक हैकरले करिब २०० मिलियन (२० करोड) एक्स यूजर्सको डेटा चोरी गरेको दाबी गरिएको छ। यदि यो साइबर हमला सत्य सावित भयो भने, यो इतिहासको सबैभन्दा ठूलो डेटा ब्रीच हमला बन्न सक्छ। एक्स यूजर्सको डेटा चोरीसँग सम्बन्धित पहिलो जानकारी Safety Detectives नामक वेबसाइटमा प्रकाशित गरिएको थियो। यसमा भनिएको छ कि BreachForums नामक हैकिंग फोरममा एक पोस्ट गरिएको थियो, जसमा 34GB को डाउनलोड गर्न मिल्ने फाइल शेयर गरिएको…
Read More