Prabidhi Kura

तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि ? यसरी चेक गर्नुहोस्

काठमाडौं । के तपाईंलाई थाहा छ ? आजभोलि ह्याकरहरूले ठूला कम्पनी र सरकारी निकायलाई मात्र होइन, तपाईं-हामी जस्ता सामान्य मानिसलाई पनि निशाना बनाउन थालेका छन् । उनीहरूको उद्देश्य बैंक/वालेट खातामा पहुँच पुर्‍याउनेदेखि हाम्रा हरेक डिजिटल गतिविधिहरूमा नजर राख्ने हुन सक्छ । यस्ता सम्भावित हमलाबाट बेलैमा सचेत रहन सके यो साइबर दुनियाँमा तपाईँ सुरक्षित रहन सक्नुहुन्छ ।

यदि तपाईंलाई कसैले तपाईंको ईमेल, सामाजिक सञ्जाल, मेसेजिङ एप वा अन्य कुनै महत्त्वपूर्ण सेवामा पहुँच पाएको शंका छ भने त्यसबाट बच्न के गर्न सकिन्छ भन्ने कुरा जान्न जरुरी छ । आउनुहोस्, हामी तपाईंलाई आफ्नो डिजिटल जीवन सुरक्षित राख्ने केही महत्त्वपूर्ण उपायहरू बताउँछौं:

धेरैजसो कम्पनीले प्रयोगकर्तालाई आफ्नो अकाउन्टको सुरक्षा नियन्त्रण गर्न विभिन्न टुल दिन्छन् । त्यसैले, सहायताको लागि उनीहरूलाई सम्पर्क गर्नुअघि, आफैंले गर्न सक्ने कुराहरू गर्नुहोस् ।

जिमेल (गुगल अकाउन्ट)

जिमेल तपाईंको डिजिटल जीवनको एक महत्त्वपूर्ण भाग हो । किनकि यसमा तपाईंको अन्य धेरै अकाउन्ट जोडिएका हुन्छन् । यदि तपाईंलाई आफ्नो जिमेल अकाउन्टमा कसैले अनधिकृत पहुँच पाएको शंका छ भने तुरुन्तै कदम चाल्नुपर्छ । यसका लागि यो टिप्स अपनाउनुहोस्:

  • आफ्नो इनबक्सको तल दायाँतिर ‘Last account activity’ मा क्लिक गर्नुहोस् ।

  • ‘Details’ मा क्लिक गर्नुहोस् ।

  • यदि तपाईंले कुनै अपरिचित गतिविधि देख्नुभयो भने ‘Security Checkup’ गर्नुहोस् र आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ।

  • गुगलले दिएको निर्देशन अनुसार अन्य डिभाइसहरूबाट पनि साइन आउट गर्नुहोस् ।

आउटलुक (माइक्रोसफ्ट)

आउटलुक पनि जिमेलजस्तै तपाईंका अन्य धेरै अकाउन्टसँग जोडिएको हुन्छ । यदि तपाईंलाई आफ्नो आउटलुक अकाउन्टमा कसैले अनधिकृत पहुँच पाएको शंका छ भने यो टिप्स जानिराख्नुहोस्:

  • आफ्नो माइक्रोसफ्ट अकाउन्टमा जानुहोस् ।

  • बायाँतिरको मेनुमा ‘Security’ मा क्लिक गर्नुहोस् ।

  • ‘Sign-in activity’ अन्तर्गत ‘View my activity’ मा जानुहोस् ।

  • अपरिचित गतिविधि देखिएमा पासवर्ड परिवर्तन गर्नुहोस् ।

लिङ्क्डइन

लिङ्क्डइन व्यावसायिक नेटवर्कको लागि एक महत्त्वपूर्ण प्लेटफर्म हो । यसमा तपाईंको व्यक्तिगत र व्यावसायिक जानकारी हुन्छ । यदि तपाईंलाई आफ्नो लिङ्क्डइन अकाउन्ट असुरक्षित भएको लाग्यो भने यसो गर्नुहोस्:

  • लिङ्क्डइनको वेबसाइटमा ‘See where you’re signed in’ भन्ने पेजमा जानुहोस् ।

  • अपरिचित गतिविधि देखिएमा तलपट्टि रहेको ‘End these sessions’ मा क्लिक गरेर लगआउट गर्नुहोस् ।

  • यदि लिङ्क्डइनको मोबाइल एप प्रयोग गर्नुहुन्छ भने आफ्नो प्रोफाइल फोटोमा ट्याप गर्नुहोस्, त्यसपछि ‘Settings’ मा ट्याप गर्नुहोस् । अब ‘Sign in & Security’ मा ट्याप गर्नुहोस् र अन्त्यमा ‘Where you’re signed in’ मा ट्याप गर्नुहोस् । त्यहाँ तपाईंले वेबमा देखिने जस्तै पेज देख्नुहुनेछ । लिङ्क्डइनमा एक सुरक्षा सुविधा पनि छ, जसले कसैले अर्को डिभाइसबाट लग इन गर्ने प्रयास गरेमा तपाईंलाई एपमा कन्फर्म गर्न आवश्यक पर्दछ ।

एप्पल अकाउन्ट

  • आफ्नो आईफोन वा आईप्याडको ‘Setting’ मा जानुहोस् । अब आफ्नो नाममा ट्याप गर्नुहोस् र साइन इन भएका सबै डिभाइसहरू हेर्न तल स्क्रोल गर्नुहोस् ।

  • म्याकमा, माथिको बायाँ कुनामा रहेको एप्पल लोगोमा क्लिक गर्नुहोस्, त्यसपछि ‘System Settings’ मा क्लिक गर्नुहोस्, अनि आफ्नो नाममा क्लिक गर्नुहोस् ।

  • विन्डोजमा, तपाईं आफ्नो अकाउन्टमा लग इन भएका डिभाइसहरू चेक गर्न एप्पलको आईक्लाउड एप प्रयोग गर्न सक्नुहुन्छ ।

फेसबुक र इन्स्टाग्राम

  • फेसबुकको ‘Password and Security’ सेटिङमा जानुहोस् र ‘Where you’re logged in’ मा क्लिक गर्नुहोस् ।

  • इन्स्टाग्रामको लागि, ‘Account Center’ मा जानुहोस् र  ‘Password and Security’ मा क्लिक गर्नुहोस् ।

  • त्यसपछि अपरिचित डिभाइसहरूबाट लग आउट गर्नुहोस् ।

ह्वाट्सएप

  • आफ्नो मोबाइल फोनमा ह्वाट्सएप एप खोल्नुहोस् ।

  • आईफोन र आईप्याडमा, तल दायाँ कुनामा रहेको सेटिङ्स आइकनमा ट्याप गर्नुहोस्, त्यसपछि ‘Linked devices’ मा ट्याप गर्नुहोस् ।

  • एन्ड्रोइडमा, ह्वाट्सएप एपको माथिल्लो-दायाँ कुनामा रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस्, त्यसपछि ‘Linked devices’ मा ट्याप गर्नुहोस् ।

  • अनि अपरिचित डिभाइसहरूबाट लग आउट गर्नुहोस् ।

एक्स (ट्वीटर)

  • एक्स सेटिङ्स (Settings) मा जानुहोस् ।

  • त्यसपछि बायाँतिरको मेनुमा रहेको ‘More’ मा क्लिक गर्नुहोस् ।

  • ‘Settings and privacy’ मा क्लिक गर्नुहोस्, त्यसपछि ‘Security and account access’ हुँदै अन्तमा  ‘Apps and sessions’ मा क्लिक गर्नुहोस् ।

  • अब अपरिचित गतिविधि देखिएमा लग आउट गर्नुहोस् ।

स्न्याप

  • स्न्यापच्याटले तपाईंलाई कहाँ लगइन हुनुहुन्छ जाँच गर्न दिन्छ । आईओएस र एन्ड्रोइडमा हुनुहुन्छ भने एप खोल्नुहोस् ।

  • आफ्नो प्रोफाइल आइकनमा ट्याप गर्नुहोस्, त्यसपछि सेटिङ (गियर) आइकनमा ट्याप गर्नुहोस् । अब ‘Session Management’ मा ट्याप गर्नुहोस् ।

  • वेब प्रयोगकर्ता हुनुहुन्छ भने स्न्यापच्याट अकाउन्टमा जानुहोस् । त्यसपछि ‘Session Management’ मा क्लिक गर्नुहोस् ।

  • अपरिचित गतिविधि देखिएमा लग आउट गर्नुहोस् ।

टेलिग्राम

  • सेटिङमा क्लिक गर्नुहोस् । त्यसपछि बायाँतिरको मेनुमा ‘Active Sessions’ क्लिक गर्नुहोस् ।

  • अपरिचित गतिविधि देखिएमा ‘Terminate Session’  मा क्लिक गर्नुहोस् ।

आजको दुनियाँमा हाम्रा सबै विवरण कुनै न कुनै अनलाइन अकाउन्टमा समावेश हुन्छ । यसकारण सबै अकाउन्टहरूमा मल्टी फ्याक्टर अथेन्टिकेसन इनेबल गर्नुहोस् । साथै बलियो र युनिक पासवर्ड प्रयोग गर्नुहोस् । फिजिकल सेक्युरिटी की वा पासकी गर्ने विचार गर्नुहोस् । साथै सुरक्षा सतर्कता सम्बन्धी लेख तथा भिडिओ हेर्नुहोस् ।

मुख्य समाचार

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

पछिल्ला अपडेट

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

काठमाण्डौं — यात्रा गर्दा वा ट्राफिक जाममा फसेका बेला धेरैले कारमै मोबाइल फोन चार्ज गर्ने गर्दछन् । सजिलो र व्यवहारिक जस्तो देखिने...
लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

काठमाण्डौं — स्मार्टफोन अहिले व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको उपकरण बनेको छ। मोबाइलमा आउने सन्देश, बैंकिङ ओटीपी, इमेल र सामा...
स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

काठमाण्डौं — अन्तरिक्षमा बढ्दो मलबा (पृथ्वीको वरिपरि घुमिरहेका काम नलाग्ने वस्तुहरू) र स्याटेलाइट ठोक्किने जोखिमलाई ध्यानमा राख्दै...
सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

काठमाण्डौं — मोबाइल फोनमा दशकौँदेखि प्रयोग हुँदै आएको सानो प्लास्टिक सिम कार्ड अब बिस्तारै हराउने क्रममा छ। स्मार्टफोनभित्र अन्य क...