Prabidhi Kuraa

आईफोनमा नयाँ अपडेट: अब एप आइकनमा मनपर्ने फोटो वा डिजाइन राख्न सकिने

काठमाडौं । आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने एउटा राम्रो खबर छ । अब तपाईँले आईफोनको एप आइकनहरूलाई आफ्नो रुचि अनुसार परिवर्तन गर्न सक्नुहुन्छ ।

हालै एप्पलले सबै प्रयोगकर्ताका लागि यस्तो फिचर थप गरेको हो । आईओएस १८ मा आएको यस सुविधाले फोनको होम स्क्रिनलाई अझ आकर्षक र पर्सनलाइज बनाउन मद्दत गर्ने एप्पलको विश्वास छ ।

पुराना र परम्परागत आइकनहरू हेर्दा दिक्क लाग्छ भने अब मनपर्ने फोटो वा डिजाइनलाई एप आइकनको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्तो छ प्रक्रिया

– सबैभन्दा पहिले सर्टकट एपमा जानुहोस् ।

– स्क्रिनको माथिपट्टि दायाँतिर भएको प्लस (+) आइकनमा ट्याप गर्नुहोस् ।

– स्क्रिनको तल देखिएको ओपन एपमा ट्याप गर्नुहोस् ।

– मधुरो निलो रंग भएको एपमा ट्याप गर्नुहोस् ।

– आफूले आइकन परिवर्तन गर्न चाहेको एपमा ट्याप गर्नुहोस् ।

– स्क्रिनको सबैभन्दा माथि ओपन एपको छेउतिर भएको ड्रप डाउन (˅) आइकनमा ट्याप गर्नुहोस् ।

– अब एड टु होम स्क्रिनमा ट्याप गर्नुहोस् ।

– स्क्रिनको बायाँतिर भएको ग्यालरी आइकनमा ट्याप गर्नुहोस् ।

– अब चुज फोटो अप्सनमा ट्याप गर्नुहोस् ।

– आफूले चाहेको फोटोमा ट्याप गर्नुहोस् ।

– यसपछि फोटो क्रप गर्ने अप्सन आउँछ । आफूले चाहेजस्तो फोटो क्रप गरेर चुजमा ट्याप गर्नुहोस् ।

– अब स्क्रिनको सबैभन्दा माथि दायाँतिर भएको एड अप्सनमा ट्याप गर्नुहोस् ।

– अब होमस्क्रिनमा जानुहोस् । यहाँ तपाईँले आफ्नो नयाँ आइकन सहितको एप देख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: चैत १५, २०८१ ८:५६

मुख्य समाचार

दक्षिण कोरियाद्वारा चिनियाँ एआई च्याटबट ‘डिपसिक’माथि डेटा गोपनीयता उल्लङ्घनको आरोप

Gmail प्रयोगकर्ताका लागि खतरा: नयाँ फिसिङ स्क्यामबारे Google को चेतावनी

YouTube मा नयाँ प्रयोग: AI को सहयोगमा सर्च गर्दा भिडियो क्लिप्स देखाइने

युरोपेली संघको नयाँ कार्ययोजना : कृत्रिम बुद्धिमत्ता क्षेत्रमा विश्व लीडर बन्ने बाटोमा युरोप

वैशाख ५ भित्र दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने : सरकारको कडाइ

एक्स प्लेटफर्ममा इतिहासकै सबैभन्दा ठूलो साइबर हमला: २०० मिलियन यूजर्सको डेटा चोरी

अब फ्रिजले फोन खोज्ने! सामसुङ को नयाँ एआई फ्रिजले ल्यायो स्मार्ट किचन अनुभव

अमेजनको ‘प्रोजेक्ट कुपर’ बाट पहिलो चरणको इन्टरनेट उपग्रह प्रक्षेपण तयारीमा, स्टारलिंकसँग प्रतिस्पर्धा गर्ने योजना

पछिल्ला अपडेट

दक्षिण कोरियाद्वारा चिनियाँ एआई च्याटबट ‘डिपसिक’माथि डेटा गोपनीयता उल्लङ्घनको आरोप

दक्षिण कोरियाद्वारा चिनियाँ एआई च्याटबट ‘डिपसिक’माथि डेटा गोपनीयता उल्लङ्घनको आरोप

काठमाडौं  – दक्षिण कोरियाको डेटा संरक्षणसम्बन्धी निकायले चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट ‘डिपसिक’ले प्रयोगकर्ताको ड...
Gmail प्रयोगकर्ताका लागि खतरा: नयाँ फिसिङ स्क्यामबारे Google को चेतावनी

Gmail प्रयोगकर्ताका लागि खतरा: नयाँ फिसिङ स्क्यामबारे Google को चेतावनी

काठमाडौं – Gmail प्रयोगकर्तालाई लक्षित गर्दै एक नयाँ प्रकारको फिसिङ स्क्याम देखा परेको छ। Google ले स्वयं यस्तो जोखिमबारे पुष्टि ग...
YouTube मा नयाँ प्रयोग: AI को सहयोगमा सर्च गर्दा भिडियो क्लिप्स देखाइने

YouTube मा नयाँ प्रयोग: AI को सहयोगमा सर्च गर्दा भिडियो क्लिप्स देखाइने

काठमाडौं — भिडियो स्ट्रिमिङ प्लेटफर्म YouTube ले प्रयोगकर्ताहरूको खोज अनुभवलाई अझ प्रभावकारी बनाउन नयाँ सुविधा परीक्षण गर्दैछ। कम्...
अब मेसेज पनि समय मिलाएर पठाउन सकिन्छ, जान्नुस् Android र iPhone दुबैमा कसरी

काठमाडौं — कहिलेकाहीँ कुनै सन्देश तुरुन्तै नभई कुनै निश्चित समयमा पठाउनुपर्ने आवश्यकता पर्छ। यस्तो अवस्थामा Message Schedule गर्ने...