Prabidhi Kura

आईफोनमा नयाँ अपडेट: अब एप आइकनमा मनपर्ने फोटो वा डिजाइन राख्न सकिने

काठमाडौं । आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने एउटा राम्रो खबर छ । अब तपाईँले आईफोनको एप आइकनहरूलाई आफ्नो रुचि अनुसार परिवर्तन गर्न सक्नुहुन्छ ।

हालै एप्पलले सबै प्रयोगकर्ताका लागि यस्तो फिचर थप गरेको हो । आईओएस १८ मा आएको यस सुविधाले फोनको होम स्क्रिनलाई अझ आकर्षक र पर्सनलाइज बनाउन मद्दत गर्ने एप्पलको विश्वास छ ।

पुराना र परम्परागत आइकनहरू हेर्दा दिक्क लाग्छ भने अब मनपर्ने फोटो वा डिजाइनलाई एप आइकनको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्तो छ प्रक्रिया

– सबैभन्दा पहिले सर्टकट एपमा जानुहोस् ।

– स्क्रिनको माथिपट्टि दायाँतिर भएको प्लस (+) आइकनमा ट्याप गर्नुहोस् ।

– स्क्रिनको तल देखिएको ओपन एपमा ट्याप गर्नुहोस् ।

– मधुरो निलो रंग भएको एपमा ट्याप गर्नुहोस् ।

– आफूले आइकन परिवर्तन गर्न चाहेको एपमा ट्याप गर्नुहोस् ।

– स्क्रिनको सबैभन्दा माथि ओपन एपको छेउतिर भएको ड्रप डाउन (˅) आइकनमा ट्याप गर्नुहोस् ।

– अब एड टु होम स्क्रिनमा ट्याप गर्नुहोस् ।

– स्क्रिनको बायाँतिर भएको ग्यालरी आइकनमा ट्याप गर्नुहोस् ।

– अब चुज फोटो अप्सनमा ट्याप गर्नुहोस् ।

– आफूले चाहेको फोटोमा ट्याप गर्नुहोस् ।

– यसपछि फोटो क्रप गर्ने अप्सन आउँछ । आफूले चाहेजस्तो फोटो क्रप गरेर चुजमा ट्याप गर्नुहोस् ।

– अब स्क्रिनको सबैभन्दा माथि दायाँतिर भएको एड अप्सनमा ट्याप गर्नुहोस् ।

– अब होमस्क्रिनमा जानुहोस् । यहाँ तपाईँले आफ्नो नयाँ आइकन सहितको एप देख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: चैत १५, २०८१ ८:५६

मुख्य समाचार

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

पछिल्ला अपडेट

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

काठमाण्डौं — यात्रा गर्दा वा ट्राफिक जाममा फसेका बेला धेरैले कारमै मोबाइल फोन चार्ज गर्ने गर्दछन् । सजिलो र व्यवहारिक जस्तो देखिने...
लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

काठमाण्डौं — स्मार्टफोन अहिले व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको उपकरण बनेको छ। मोबाइलमा आउने सन्देश, बैंकिङ ओटीपी, इमेल र सामा...
स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

काठमाण्डौं — अन्तरिक्षमा बढ्दो मलबा (पृथ्वीको वरिपरि घुमिरहेका काम नलाग्ने वस्तुहरू) र स्याटेलाइट ठोक्किने जोखिमलाई ध्यानमा राख्दै...
सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

काठमाण्डौं — मोबाइल फोनमा दशकौँदेखि प्रयोग हुँदै आएको सानो प्लास्टिक सिम कार्ड अब बिस्तारै हराउने क्रममा छ। स्मार्टफोनभित्र अन्य क...