काठमाडौं — OpenAI ले यो महिनाको सुरुमै आफ्नो चर्चित एआई च्याटबोट चैटजीपीटी-4o लाई उन्नत इमेज जेनेरेसन क्षमतासहित अपडेट गरेपछि इन्टरनेटमा यसले बनाएका अनौठा र लोभलाग्दा तस्बिरहरूले निकै चर्चा पाएका छन्।
सुरुमा यो सुविधा केवल पेड युजरहरू का लागि मात्र उपलब्ध थियो, तर गत साता OpenAI ले यो सुविधा फ्री युजरहरू लाई पनि प्रयोग गर्न दिने घोषणा गर्यो।
अब भने, कम्पनीले फ्री युजरहरू ले बनाएका तस्बिरहरूमा ‘वाटरमार्क’ थप्ने तयारी गरिरहेको देखिएको छ। एआई अनुसन्धानकर्ता तिबोट ब्लाहो ले एक्स (पहिलेको ट्वीटर) मा स्क्रिनसट शेयर गर्दै यस्तो संकेत गर्ने कोड देखिएको बताएका छन्।
उक्त एन्ड्रोइड बीटा भर्सन मा “image-gen-watermark-for-free” भन्ने लाइन देखिएको छ, जसले यो नयाँ टेस्टिङ मा कम्पनी लागेको स्पष्ट पार्दछ।
यो वाटरमार्क ले निःशुल्क प्रयोगकर्ताद्वारा बनाइएका तस्बिरहरूलाई चिन्हित गर्न मद्दत गर्नेछ, जसले डिजिटल पारदर्शिता कायम राख्न र तस्बिरहरूको दुरुपयोग रोक्न सहयोग पुग्ने अनुमान गरिएको छ।
तर, OpenAI ले औपचारिक रूपमा यो सुविधा कहिलेबाट लागू हुन्छ भन्ने जानकारी भने अझै सार्वजनिक गरेको छैन।