Prabidhi Kura

नेपाल टेलिकमको सेवाग्राहीलाई आग्रह: आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्नुहोस्

काठमाडौं – सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई आफ्नो नाममा दर्ता भएको सिमकार्ड मात्र प्रयोग गर्न अनुरोध गरेको छ। कम्पनीले एक औपचारिक सूचना जारी गर्दै यो आग्रह गरेको हो।

सूचनामा उल्लेख भएअनुसार, डिजिटल युगमा सिमकार्ड व्यक्तिको पहिचानको रूपमा स्थापित भएको छ। त्यसैले विभिन्न सरकारी तथा बैंकिङ सुविधाहरू प्राप्त गर्न आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्नु अत्यावश्यक छ।

हाल राष्ट्रिय परिचयपत्र बनाउने, बैंक अकाउन्ट खोल्ने वा प्रयोग गर्ने, ड्राइभिङ लाइसेन्सको लागि एप्लाई गर्ने, नागरिक एपमा रजिस्टर्ड हुने र सरकारी सेवाहरूमा आवश्यक हुने वन टाइम पासवर्ड (ओटीपी) प्रयोग गर्न आफ्नै नामको सिमकार्ड अनिवार्य गरिएको छ। यसका साथै, अनलाइन फारम भर्ने, पासपोर्ट बनाउने वा नागरिकताको कन्ट्याक्ट नम्बरको लागि पनि आफ्नै नामको सिमकार्ड आवश्यक पर्छ।

हाल प्रयोग गरिरहेको सिमकार्ड यदि आफ्नो नाममा दर्ता नभएको खण्डमा सेवा प्राप्त गर्न कठिनाइ उत्पन्न हुन सक्ने र व्यक्तिगत डेटाको सुरक्षामा पनि खतरा आउन सक्ने कुरा टेलिकमले स्पष्ट पारेको छ।

आफ्नो सिमकार्ड कुन नाममा दर्ता भएको छ भन्ने जानकारी पाउनको लागि नेपाल टेलिकमका प्रयोगकर्ताहरूले आफ्नो मोबाइलबाट *922# डायल गर्न सक्नेछन्।

यदि सिमकार्ड अरू कसैको नाममा दर्ता भएको पाइएमा, आवश्यक डकुमेन्टसहित नजिकैको नेपाल टेलिकमको अफिसमा गएर आफ्नो नाममा ट्रान्सफर गर्न वा नयाँ सिमकार्ड लिन सकिने व्यवस्था कम्पनीले गरेको छ।

मुख्य समाचार

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

पछिल्ला अपडेट

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

काठमाण्डौं — यात्रा गर्दा वा ट्राफिक जाममा फसेका बेला धेरैले कारमै मोबाइल फोन चार्ज गर्ने गर्दछन् । सजिलो र व्यवहारिक जस्तो देखिने...
लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

काठमाण्डौं — स्मार्टफोन अहिले व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको उपकरण बनेको छ। मोबाइलमा आउने सन्देश, बैंकिङ ओटीपी, इमेल र सामा...
स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

काठमाण्डौं — अन्तरिक्षमा बढ्दो मलबा (पृथ्वीको वरिपरि घुमिरहेका काम नलाग्ने वस्तुहरू) र स्याटेलाइट ठोक्किने जोखिमलाई ध्यानमा राख्दै...
सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

काठमाण्डौं — मोबाइल फोनमा दशकौँदेखि प्रयोग हुँदै आएको सानो प्लास्टिक सिम कार्ड अब बिस्तारै हराउने क्रममा छ। स्मार्टफोनभित्र अन्य क...