Prabidhi Kura

स्मार्टफोन तपाईंका कुराकानी सुन्दैछ! जान्नुस् कसरी सुरक्षित रहन सकिन्छ

काठमाडौं — तपाईंले पनि धेरैपटक यस्तो महसुस गर्नुभएको होला, जब तपाईं कुनै सामान किन्न सोच्नुहुन्छ, तब अचानक सोही सामानका विज्ञापनहरू तपाईंको मोबाइल स्क्रिनमा देखिन थाल्छन्। तपाईं सोशल मिडिया स्क्रोल गर्दै हुनुहोस् वा कुनै अर्को एप चलाइरहनुहोस्, सोही वस्तुसँग सम्बन्धित एड्स बारम्बार देखा पर्न थाल्छन्। कहिल्यै सोच्नुभएको छ, यस्तो किन हुन्छ?

के तपाईंका स्मार्टफोनले तपाईंका कुरा सुन्छन्?
सत्य के हो भने, विशेषगरी Android डिभाइसहरूले तपाईंका कुराकानी सुन्छन् र त्यसको आधारमा विज्ञापन देखाउँछन्। यसको पछाडि Google को एउटा विशेष फिचरले काम गरिरहेको हुन्छ, जसले तपाईंको फोनको माइक्रोफोनमार्फत तपाईंका कुरा सुन्छ। यदि तपाईंले यो सेटिङ्स बन्द नगर्नुभयो भने, तपाईंका व्यक्तिगत कुराहरू समेत कम्पनीहरूमा पुग्न सक्ने सम्भावना रहन्छ र तपाईंको प्राइभेसी जोखिममा पर्न सक्छ।

एप इन्स्टल गर्दा सावधानी अपनाउन जरूरी
धेरैपटक मानिसहरू एप डाउनलोड गर्दा सबै Permissionहरू बिना विचार स्वीकृत गरिदिन्छन्। यसरी Developers ले तपाईंको Location, Microphone, Camera र Contacts को Permission लिएर तपाईंको व्यक्तिगत जानकारीको दुरुपयोग गर्न सक्छन्। त्यसैले, कुनै एपलाई दिइने अनुमति साँच्चै आवश्यक छ कि छैन भन्ने कुरा राम्रोसँग जाँच्नु जरुरी हुन्छ।

Google Voice Assistant बाट पनि हुन सक्छ प्राइभेसीमा खतरा
Android फोनमा माइक्रोफोनको माध्यमबाट Google ले तपाईंका संवाद सुन्छ, तर राहतको कुरा के छ भने तपाईं यो फिचर सेटिङ्सबाट बन्द गर्न सक्नुहुन्छ। यसरी गर्दा तपाईंको प्राइभेसीलाई धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ।

कसरी बन्द गर्ने यो सुन्ने फिचर?

  • सबैभन्दा पहिले फोनको Settings मा जानुहोस्।
  • त्यहाँबाट Google मा ट्याप गर्नुहोस्।
  • Manage your Google Account मा क्लिक गर्नुहोस्।
  • अब Data and Privacy सेसनमा जानुहोस्।
  • Web & App Activity मा क्लिक गर्नुहोस्।
  • यहाँ तपाईंलाई Voice & Audio Activity को विकल्प देखिनेछ।
  • त्यसको छेउमा रहेको बक्सलाई अनचेक गर्नुहोस्।

यति गरेपछि तपाईंको फोनले तपाईंका कुराकानीहरू सुन्ने कार्य बन्द गर्नेछ र तपाईंको प्राइभेसी पहिलाभन्दा सुरक्षित रहनेछ।

मुख्य समाचार

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

पछिल्ला अपडेट

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

काठमाण्डौं — यात्रा गर्दा वा ट्राफिक जाममा फसेका बेला धेरैले कारमै मोबाइल फोन चार्ज गर्ने गर्दछन् । सजिलो र व्यवहारिक जस्तो देखिने...
लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

काठमाण्डौं — स्मार्टफोन अहिले व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको उपकरण बनेको छ। मोबाइलमा आउने सन्देश, बैंकिङ ओटीपी, इमेल र सामा...
स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

काठमाण्डौं — अन्तरिक्षमा बढ्दो मलबा (पृथ्वीको वरिपरि घुमिरहेका काम नलाग्ने वस्तुहरू) र स्याटेलाइट ठोक्किने जोखिमलाई ध्यानमा राख्दै...
सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

काठमाण्डौं — मोबाइल फोनमा दशकौँदेखि प्रयोग हुँदै आएको सानो प्लास्टिक सिम कार्ड अब बिस्तारै हराउने क्रममा छ। स्मार्टफोनभित्र अन्य क...