Prabidhi Kura

YouTube मा नयाँ प्रयोग: AI को सहयोगमा सर्च गर्दा भिडियो क्लिप्स देखाइने

काठमाडौं — भिडियो स्ट्रिमिङ प्लेटफर्म YouTube ले प्रयोगकर्ताहरूको खोज अनुभवलाई अझ प्रभावकारी बनाउन नयाँ सुविधा परीक्षण गर्दैछ। कम्पनीले हालै घोषणा गरेको अनुसार, Google Search मा उपलब्ध रहेको AI Overviews जस्तै सुविधा अब YouTube मा पनि ल्याउने तयारी भइरहेको छ।

यो नयाँ प्रयोग अन्तर्गत प्रयोगकर्ताले सर्च गर्दा टेक्स्ट आधारित जवाफको सट्टा सोधिएको प्रश्नसँग सम्बन्धित video clips को carousel (स्लाइडर) देख्न सक्नेछन्। यी क्लिपहरूमा सो विषयमा जानकारी दिने YouTube भिडियोका विशेष अंशहरू समावेश गरिनेछ।

हाल परीक्षण चरणमा
Google ले आफ्नो आधिकारिक सपोर्ट पेजमार्फत जानकारी दिँदै यो सुविधा अहिले अमेरिका भित्रका केही सीमित YouTube Premium प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराइएको जनाएको छ। सुरुवाती चरणमा यो सुविधा अंग्रेजी भाषामा र सीमित विषयवस्तुहरूमा मात्र काम गर्नेछ।
प्रयोगकर्ताले कुनै विषय सर्च गरेपछि, पारम्परिक सर्च परिणामभन्दा माथि सिधै AI द्वारा सञ्चालित भिडियो स्लाइडर देखिनेछ, जसले खोजी गरिएको प्रश्नसँग प्रत्यक्ष सम्बन्धित जानकारी प्रस्तुत गर्नेछ।

कसरी काम गर्दछ नयाँ सुविधाले?
पहिले देखिनै Google ले आफ्नो सर्चमा यस्तो फिचर प्रदान गर्दै आएको छ, जसमा टाइम–स्ट्याम्प सहित सोधिएको प्रश्नसम्बन्धी विशेष भिडियो भाग देखाइन्छ। नयाँ AI Overview सुविधा पनि त्यही ढाँचामा काम गर्नेछ।
उदाहरणस्वरूप, यदि प्रयोगकर्ताले फुटेको कुर्सी मर्मतसम्बन्धी DIY भिडियो खोज्छन् भने, उनीहरूलाई भिडियोको सुरुआत वा अनावश्यक भाग हेर्नु पर्ने आवश्यकता रहनेछैन। AI ले सिधै त्यो क्लिपमा लैजानेछ, जहाँ कुर्सीको खुट्टा कसरी मर्मत गर्ने भन्ने स्पष्ट रूपमा देखाइएको हुन्छ।

YouTube ले यो सुविधा प्रयोगकर्ताको कन्टेन्ट खोजी अनुभवलाई अझ सहज र प्रभावकारी बनाउनका लागि विकास गरेको जनाएको छ। आगामी दिनमा प्रयोगकर्ताहरूको प्रतिक्रिया र परीक्षण सफल भएमा यो सुविधा विश्वव्यापी रूपमा उपलब्ध गराइने अपेक्षा गरिएको छ।

मुख्य समाचार

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

पछिल्ला अपडेट

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

काठमाण्डौं — यात्रा गर्दा वा ट्राफिक जाममा फसेका बेला धेरैले कारमै मोबाइल फोन चार्ज गर्ने गर्दछन् । सजिलो र व्यवहारिक जस्तो देखिने...
लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

काठमाण्डौं — स्मार्टफोन अहिले व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको उपकरण बनेको छ। मोबाइलमा आउने सन्देश, बैंकिङ ओटीपी, इमेल र सामा...
स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

काठमाण्डौं — अन्तरिक्षमा बढ्दो मलबा (पृथ्वीको वरिपरि घुमिरहेका काम नलाग्ने वस्तुहरू) र स्याटेलाइट ठोक्किने जोखिमलाई ध्यानमा राख्दै...
सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

काठमाण्डौं — मोबाइल फोनमा दशकौँदेखि प्रयोग हुँदै आएको सानो प्लास्टिक सिम कार्ड अब बिस्तारै हराउने क्रममा छ। स्मार्टफोनभित्र अन्य क...