काठमाण्डौं— एप्पल (Apple) को नयाँ मोडेल आइफोन एअर (iPhone Air) बजारमा आएको केही हफ्तामै मूल्य तीव्र रूपमा घटेको पाइएको छ।
अमेरिकास्थित सेलसेल (SellCell) ले सार्वजनिक गरेको अध्ययन अनुसार, Air को पुनर्विक्रि मूल्य १० हप्ताको अवधिमा ४० देखि ४८ प्रतिशतसम्म घटेको छ, जुन हालका iPhone मोडेलमध्ये सबैभन्दा ठूलो अवमूल्यन मानिएको छ।
अध्ययनले के देखायो?
सेलसेल (SellCell) ले विभिन्न स्टोरेज संस्करणको मूल्य तुलना गर्दा आइफोन एअर (iPhone Air) को पुनर्विक्रि मूल्य असामान्य गतिमा घटेको देखिएको छ।
256GB मोडेल सुरुवाती मूल्यभन्दा करिब ४० प्रतिशतले सस्तिएको छ भने 1TB मोडेलमा गिरावट ४७.७ प्रतिशतसम्म पुगेको कम्पनीको तथ्यांकले देखाएको छ।
उही अवधिमा iPhone 17 जस्ता मोडेलको पुनर्विक्रि मूल्य तुलनात्मक रूपमा स्थिर रहेकोले Air मात्र तीव्र अवमूल्यनको श्रेणीमा परेको अध्ययनले उल्लेख गरेकोछ ।
मूल्य घट्ने कारण के हुन्?
विश्लेषकहरूका अनुसार Air प्रति बजारको रुचि अपेक्षाभन्दा कमजोर हुनु, डिजाइन केन्द्रित मोडेलले प्रयोगकर्ताले खोज्ने मूल्य लाभ नदिनु र पुनर्विक्रि बजारमा Air को माग न्यून हुनु प्रमुख कारण बनेको छ ।
यी कारकहरूका कारण Air ले ट्रेड इन तथा पुनर्विक्रि बजारमा प्रतिस्पर्धा कायम राख्न नसकेको SellCell को मूल्यांकन छ।
खरीददारका लागि संकेत
पुनर्विक्रि मूल्यलाई प्राथमिकतामा राख्ने प्रयोगकर्ताका लागि iPhone Air सुरक्षित विकल्प नदेखिएको विश्लेषकहरूको निष्कर्ष छ।
बजेट तथा दीर्घकालीन मूल्य सुरक्षाको आधारमा iPhone 17 जस्ता मोडेल तुलनात्मक रूपमा स्थिर देखिएकाले ती विकल्प अधिक उपयुक्त हुनसक्ने बताइएको छ।