Prabidhi Kura

वैशाख ५ भित्र दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने : सरकारको कडाइ

काठमाडौं — नेपाल सरकारले आगामी वैशाख ५ गतेभित्र दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी थालेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता नभए मेटा कम्पनीअन्तर्गतका फेसबुक, इन्स्टाग्राम, युट्युब लगायतका अन्य प्लेटफर्महरू समेत नेपालमा बन्द गरिने चेतावनी दिएका छन्।

शुक्रबार रुपन्देहीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आठौं महाधिवेशनमा सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमन आजको आवश्यकता भएको बताए। उनका अनुसार दर्ता नभएका प्लेटफर्महरूले हत्या, हिंसा, ठगी, लुटपाट तथा अन्य अनियमितता बढाएको भन्दै नियन्त्रणका लागि दर्ता अनिवार्य गरिएको हो।

सरकारले २०८० सालमै ल्याएको ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका’अनुसार सबै सामाजिक सञ्जालहरू नेपालमा अनिवार्य रूपमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ। गत चैत ७ गते सरकारद्वारा तेस्रो पटक सूचना जारी गर्दै ३० दिनभित्र दर्ता गर्न निर्देशन दिइएको थियो।

हालसम्म टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याब मात्र नेपालमा दर्ता भएका छन्। तर, फेसबुक, इन्स्टाग्राम, युट्युबजस्ता ठूला प्लेटफर्महरू अझै दर्ता हुन आएका छैनन्।

निर्देशिकाअनुसार, सामाजिक सञ्जालहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्नुका साथै नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो अधिकारी र स्व-नियमनको निगरानी गर्ने अधिकारी तोक्नुपर्नेछ। त्यस्तै, पर्यटन प्रवर्द्धन, साइबर सुरक्षा, डिजिटल साक्षरता, शिक्षाको डिजिटल रूपान्तरण तथा सामाजिक सद्भाव कायम गर्नमा सहयोग गर्नुपर्नेछ।

सरकारले गैरकानुनी र अनुपयुक्त सामग्री हटाउने, सामग्रीको भाषा अनुकूलन तथा फिल्टरिङ प्रविधिको प्रयोग गर्दै साइबर अपराध नियन्त्रणमा सहकार्य गर्न सबै सरोकारवालालाई आह्वान गरेको छ। सुरक्षित, व्यवस्थित र नियमन गरिएको डिजिटल वातावरण निर्माणका लागि यी प्रावधानको पालना अपरिहार्य हुने सरकारको भनाइ छ।

मुख्य समाचार

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

पछिल्ला अपडेट

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

काठमाण्डौं — यात्रा गर्दा वा ट्राफिक जाममा फसेका बेला धेरैले कारमै मोबाइल फोन चार्ज गर्ने गर्दछन् । सजिलो र व्यवहारिक जस्तो देखिने...
लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम

काठमाण्डौं — स्मार्टफोन अहिले व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको उपकरण बनेको छ। मोबाइलमा आउने सन्देश, बैंकिङ ओटीपी, इमेल र सामा...
स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

काठमाण्डौं — अन्तरिक्षमा बढ्दो मलबा (पृथ्वीको वरिपरि घुमिरहेका काम नलाग्ने वस्तुहरू) र स्याटेलाइट ठोक्किने जोखिमलाई ध्यानमा राख्दै...
सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

काठमाण्डौं — मोबाइल फोनमा दशकौँदेखि प्रयोग हुँदै आएको सानो प्लास्टिक सिम कार्ड अब बिस्तारै हराउने क्रममा छ। स्मार्टफोनभित्र अन्य क...