Prabidhi Kura

Day: ८ पुष २०८२, मंगलवार १५:४४

दिमाग किन थाक्छ ?

दिमाग किन थाक्छ ?

काठमाण्डौं — लामो समयसम्म पढ्दा, सोच्दा वा निर्णय लिनुपर्दा दिमाग किन थाक्छ भन्ने प्रश्नको उत्तर वैज्ञानिकहरूले अझ स्पष्ट रूपमा पत्ता लगाएका छन्। हालै गरिएको एक अध्ययनले मानसिक थकान केवल अनुभूति मात्र होइन, दिमागभित्र हुने जैविक प्रक्रियासँग प्रत्यक्ष जोडिएको अवस्था भएको निष्कर्ष निकालेको छ। अनुसन्धानका अनुसार निरन्तर ध्यान, जटिल सोच र निर्णय प्रक्रियामा संलग्न हुँदा दिमागका न्युरोनहरू बढी सक्रिय हुन्छन्। यस क्रममा दिमागले धेरै ऊर्जा खर्च गर्छ र केही रासायनिक परिवर्तनहरू देखिन थाल्छन्। यही परिवर्तनले ध्यान घट्ने, निर्णय गर्न गाह्रो हुने र कामप्रति रुचि कम हुने जस्ता लक्षण देखिन थाल्छन्। वैज्ञानिकहरूले मानसिक थकानलाई शरीरको सुरक्षात्मक संकेतका रूपमा व्याख्या गरेका छन्। जसरी…
Read More