लक स्क्रिनको सानो लापरबाही, ठूलो गोपनीयता जोखिम
काठमाण्डौं — स्मार्टफोन अहिले व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको उपकरण बनेको छ। मोबाइलमा आउने सन्देश, बैंकिङ ओटीपी, इमेल र सामाजिक सञ्जालका सूचना धेरैजसो गोप्य हुन्छन्। तर फोन लक भएको अवस्थामा पनि यस्ता सन्देश र नोटिफिकेशन स्क्रिनमै देखिँदा गोपनीयता जोखिममा पर्ने गरेको छ। सार्वजनिक ठाउँमा फोन राख्दा अरूले सजिलै स्क्रिनमा देखिने सन्देश पढ्न सक्ने अवस्था आउँछ। यही कारण पछिल्ला समय मोबाइल प्रयोगकर्तालाई लक स्क्रिनमा देखिने नोटिफिकेशन लुकाएर राख्न सुझाव दिइँदै आएको छ। स्मार्टफोनमा उपलब्ध सेटिङ प्रयोग गरेर यो समस्या सजिलै समाधान गर्न सकिन्छ। एन्ड्रोइड फोनमा सेटिङभित्र ‘नोटिफिकेशन’ विकल्पमा गएर ‘लक स्क्रिन नोटिफिकेशन’ नियन्त्रण गर्न सकिन्छ। यहाँ ‘संवेदनशील सामग्री लुकाउने’ वा ‘नोटिफिकेशन…