स्याटेलाइट नेटवर्कलाई ५जी र भविष्यका नेटवर्कसँग जोड्ने तयारी
काठमाण्डौं — सन् २०२५ स्याटेलाइट आधारित दूरसञ्चार अर्थात् नन–टेरेस्ट्रियल नेटवर्क (एनटीएन) का लागि महत्वपूर्ण वर्ष बनेको छ। यस वर्ष स्याटेलाइट नेटवर्कलाई छुट्टै वा वैकल्पिक समाधानका रूपमा मात्र होइन, भुइँमा आधारित मोबाइल नेटवर्कसँग जोडेर प्रयोग गर्ने प्रवृत्ति स्पष्ट देखिएको छ। अघिल्ला वर्षहरूमा स्याटेलाइट सेवा मुख्यत: दुर्गम क्षेत्र वा आपतकालीन सञ्चारमा सीमित थियो। तर २०२५ मा भने ती नेटवर्कहरूलाई ५जी र आगामी प्रविधिसँग एकीकृत गर्ने प्रयास तीव्र बनेको छ। यसले मोबाइल नेटवर्क नपुगेका क्षेत्रसम्म सेवा विस्तार गर्ने सम्भावनालाई बलियो बनाएको छ। यो वर्ष न्यून पृथ्वी कक्ष (एलइओ) मा आधारित स्याटेलाइट र डाइरेक्ट–टु–डिभाइस प्रविधिमा उल्लेख्य प्रगति भएको छ। यस प्रविधिमार्फत मोबाइल टावर नहुँदा…