अमेजनको ‘प्रोजेक्ट कुपर’ बाट पहिलो चरणको इन्टरनेट उपग्रह प्रक्षेपण तयारीमा, स्टारलिंकसँग प्रतिस्पर्धा गर्ने योजना
काठमाडौं —अमेजनले आफ्ना ‘प्रोजेक्ट कुपर’ अन्तर्गत पहिलो चरणका २७ वटा इन्टरनेट उपग्रहहरू प्रक्षेपण गर्न लागेको छ। आगामी अप्रिल ९ तारिखका दिन अमेरिकाको फ्लोरिडास्थित केप क्यानेभेरल स्पेस फोर्स स्टेशनबाट युनाइटेड लन्च एलायन्सको Atlas V रकेटमार्फत यी उपग्रहहरू अन्तरिक्षमा पठाइनेछ। ‘प्रोजेक्ट कुपर’ अमेजनको विशाल उपग्रह नेटवर्क बनाउने योजना हो, जसले पृथ्वीको निम्न कक्षामा (LEO) ३,२०० भन्दा बढी उपग्रहहरू राख्नेछ। यसले एलन मस्कको ‘स्टारलिंक’ परियोजनासँग प्रतिस्पर्धा गर्नेछ। अमेजनले यस्ता ८० वटा प्रक्षेपण मिसन सुरक्षित गरिसकेको छ, जसमा Arianespace, Blue Origin, र SpaceX समेत सहभागी छन्। अमेजनले यो इन्टरनेट सेवा सन् २०२५ भित्र विश्वभर ‘प्रायः जुनसुकै स्थान’ बाट उपलब्ध हुने गरी सुरु गर्ने योजना…