तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि ? यसरी चेक गर्नुहोस्
काठमाडौं । के तपाईंलाई थाहा छ ? आजभोलि ह्याकरहरूले ठूला कम्पनी र सरकारी निकायलाई मात्र होइन, तपाईं-हामी जस्ता सामान्य मानिसलाई पनि निशाना बनाउन थालेका छन् । उनीहरूको उद्देश्य बैंक/वालेट खातामा पहुँच पुर्याउनेदेखि हाम्रा हरेक डिजिटल गतिविधिहरूमा नजर राख्ने हुन सक्छ । यस्ता सम्भावित हमलाबाट बेलैमा सचेत रहन सके यो साइबर दुनियाँमा तपाईँ सुरक्षित रहन सक्नुहुन्छ । यदि तपाईंलाई कसैले तपाईंको ईमेल, सामाजिक सञ्जाल, मेसेजिङ एप वा अन्य कुनै महत्त्वपूर्ण सेवामा पहुँच पाएको शंका छ भने त्यसबाट बच्न के गर्न सकिन्छ भन्ने कुरा जान्न जरुरी छ । आउनुहोस्, हामी तपाईंलाई आफ्नो डिजिटल जीवन सुरक्षित राख्ने केही महत्त्वपूर्ण उपायहरू बताउँछौं: धेरैजसो कम्पनीले…