अब फ्रिजले फोन खोज्ने! सामसुङ को नयाँ एआई फ्रिजले ल्यायो स्मार्ट किचन अनुभव
काठमाडौं — आर्टिफिशियल इन्टेलिजेन्स (एआई) को प्रयोग अब केवल मोबाइल वा कम्प्युटरसम्म सीमित छैन। अब त फ्रिजजस्ता घरेलु उपकरणहरूमा पनि एआई समावेश हुन थालेको छ। यही प्रविधिलाई नयाँ उचाइमा पुर्याउँदै, सामसुङ ले एक अभिनव सुविधा सार्वजनिक गरेको छ – AI-पावर्ड स्मार्ट फ्रिज, जसको मद्दतले अब तपाईंले हराएको मोबाइल फोन पनि सजिलै फेला पार्न सक्नुहुन्छ। सामसुङ को नयाँ बेन्सपोक एआई रेफ्रिजरेटर मा ९ इन्चको होमस्क्रिन डिस्प्ले राखिएको छ। प्रयोगकर्ताले केवल यति भन्नुपर्ने हुन्छ, "Hi Bixby, find my phone", अनि यो स्मार्ट फ्रिजमा रहेको बिक्स्बी भ्वाइस असिस्टेन्ट ले परिवारका सदस्यहरूको आवाज छुट्याएर, सही फोनमा रिङ्ग गराइदिन्छ। तर यत्तिमै मात्र होइन, यो स्मार्ट…