‘उच्च क्षमताको एआई’ बनाउने होड तीव्र, वैज्ञानिक र उद्योग भित्रै चिन्ता बढ्दै
काठमाडौँ— विश्वका प्रमुख प्रविधि कम्पनीहरूबीच कृत्रिम बुद्धिमत्ताको सबैभन्दा उन्नत रूप विकसित गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। सिलिकन भ्यालीदेखि युरोप र एसियासम्म फैलिएको यो दौडले एआई विकासको गति अनियन्त्रित रूपमा बढेको भन्दै वैज्ञानिक तथा उद्योगभित्रै चिन्ता व्यक्त गर्न थालेको द गार्जियनले जनाएको छ। पछिल्ला वर्षमा OpenAI, Google DeepMind, Anthropic, Meta, Nvidia लगायत कम्पनीहरूले मानवस्तर जस्तै निर्णय क्षमता, तर्कशक्ति र स्वतन्त्र रूपमा समस्या समाधान गर्न सक्ने एआई प्रणाली निर्माणलाई आफ्नो मुख्य लक्ष्य बनाएका छन्। यस्तो स्तरको एआईलाई ‘आर्टिफिसियल जेनरल इन्टेलिजेन्स’ (AGI) भनेर चिनिन्छ। उद्योग विश्लेषकहरूका अनुसार यस्तै क्षमताको एआई २०२६–२०२७ भित्रै देखिन सक्ने अनुमानले प्रतिस्पर्धा झनै तीव्र बनेको छ। कम्पनीहरूले यसका…