Prabidhi Kura

एआई/ रोबोटिक्स

एआईले निम्त्यायो नयाँ खतरा: बिना ज्ञानका ह्याकर पनि शक्तिशाली बन्दै

एआईले निम्त्यायो नयाँ खतरा: बिना ज्ञानका ह्याकर पनि शक्तिशाली बन्दै

काठमाडौं – आर्टिफिसियल इन्टेलिजेन्स (Artificial intelligence) दुईधारे तरवार जस्तै हो। एकातर्फ यसले मानिसहरूलाई आफ्नो काम छिटो र राम्रोसँग गर्न मद्दत गर्छ भने अर्कोतर्फ खराब नियत भएका मानिसहरूलाई स्क्यामर (scammer), ह्याक्टिभिस्ट (hacktivist) र साइबर अपराधी बन्न सजिलो बनाउँछ। साइबर अपराधको धन्दा निकै फाइदाजनक छ। तर पहिला यो उन्नत प्राविधिक ज्ञान भएका मानिसहरूका लागि मात्र सम्भव थियो। सिस्टम (system) र सफ्टवेयर (software), नेटवर्किङ (networking), प्रोग्रामिङ (programming), क्रिप्टोग्राफी (cryptography), साइबर सुरक्षा जस्ता धेरै प्राविधिक विषयमा गहिरो ज्ञान र अनुभव भएको व्यक्तिले मात्र मालवेयर (malware) बनाउन, कमजोरीहरू पत्ता लगाउन र साइबर सुरक्षाका उपायहरूलाई छल्दै सिस्टमहरूमा आक्रमण गर्न सक्थ्यो। तर, एआई (AI) आएपछि यो अवरोध…
Read More
युरोपेली संघको नयाँ कार्ययोजना : कृत्रिम बुद्धिमत्ता क्षेत्रमा विश्व लीडर बन्ने बाटोमा युरोप

युरोपेली संघको नयाँ कार्ययोजना : कृत्रिम बुद्धिमत्ता क्षेत्रमा विश्व लीडर बन्ने बाटोमा युरोप

काठमाडौं — युरोपेली संघ (EU) ले आफ्ना परम्परागत औद्योगिक क्षमता र प्रतिभालाई उपयोग गर्दै कृत्रिम बुद्धिमत्ता (AI) क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने उद्देश्यले “AI महादेश कार्ययोजना” सार्वजनिक गरेको छ। बुधवार, अप्रिल ९ मा युरोपेली आयोगले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “युरोपको बलियो औद्योगिक जग र अपूर्व प्रतिभालाई AI नवप्रवर्तन र तीव्रताका शक्तिशाली इञ्जिनमा रूपान्तरण गर्ने हाम्रो अठोट हो।” यो योजना हालैको आलोचनाहरूका बीच आएको हो, जहाँ प्रविधि क्षेत्रका सरोकारवालाहरूले EU का नियमहरू अत्यधिक कडाइयुक्त भएको र यसले नवप्रवर्तनमा अवरोध पुर्‍याउने सम्भावना रहेको बताएका छन्। योजना अनुसार, “AI मा युरोपका लक्ष्यहरू प्राप्त गर्न, त्यसको विकास र प्रयोग दुवैमा नेतृत्व आवश्यक छ। यसको…
Read More
गुगलले ल्यायो ‘Ironwood’: च्याटजीपीटी जस्ता टुल्सका लागि उच्चगति एआई चिप

गुगलले ल्यायो ‘Ironwood’: च्याटजीपीटी जस्ता टुल्सका लागि उच्चगति एआई चिप

काठमाडौं — एल्फाबेटको सहायक कम्पनी गुगलले आफ्नो सातौं पुस्ताको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप ‘आयरनवुड’ सार्वजनिक गरेको छ। यो नयाँ प्रोसेसर विशेष गरी एआई एप्लिकेसनहरूलाई छिटो बनाउने उद्देश्यले निर्माण गरिएको हो। आयरनवुड चिप प्रयोगकर्ताले च्याटजीपीटी जस्ता एआई टुल्समा क्वेरी पठाउँदा उत्पन्न हुने डाटा प्रोसेसिङ आवश्यकतालाई पूरा गर्न सक्षम छ। यस्तो प्रक्रिया प्रविधि क्षेत्रमा ‘Inference Computing’ भनेर चिनिन्छ — जसअन्तर्गत च्याटबोटले प्रयोगकर्ताको प्रश्नको उत्तर दिन वा प्रतिक्रिया जनरेट गर्नका लागि तीव्र गतीमा गणना गर्नुपर्छ। एनभिडिया सँग प्रतिस्पर्धा गर्न गुगलको तयारी गुगलको दशकौं लामो र अर्बौँ डलरको प्रयास केही सीमित तर प्रभावशाली विकल्पहरूमध्ये एक हो, जसले एनभिडियाको वर्चस्वलाई चुनौती दिने प्रयास गरिरहेको छ।…
Read More
ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ क्षमता सुधार गर्न आईएफसीले सघाउने

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ क्षमता सुधार गर्न आईएफसीले सघाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा डिजिटल वित्तीय सेवा र एम्बेडेड फाइनान्स मोडेलहरूलाई अगाडि बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । ‍डिजिटल बैंकिङ क्षमतालाई अभिवृद्धि गर्ने र ग्राहकलाई उन्नत प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यसहित यो साझेदारी भएको हो । सम्झौताअनुसार आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रूपान्तरण र डेटा परिपक्वताको मूल्याङ्कन गरी आवश्यक सुधारका क्षेत्रहरू पहिचान गर्ने तथा रणनीतिक सुझाव प्रदान गर्नेछ । यसका साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरूको प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी बैंकलाई सल्लाह दिनेछ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवर्द्धनमा सहयोग पुग्नुका…
Read More
तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि ? यसरी चेक गर्नुहोस्

तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि ? यसरी चेक गर्नुहोस्

काठमाडौं । के तपाईंलाई थाहा छ ? आजभोलि ह्याकरहरूले ठूला कम्पनी र सरकारी निकायलाई मात्र होइन, तपाईं-हामी जस्ता सामान्य मानिसलाई पनि निशाना बनाउन थालेका छन् । उनीहरूको उद्देश्य बैंक/वालेट खातामा पहुँच पुर्‍याउनेदेखि हाम्रा हरेक डिजिटल गतिविधिहरूमा नजर राख्ने हुन सक्छ । यस्ता सम्भावित हमलाबाट बेलैमा सचेत रहन सके यो साइबर दुनियाँमा तपाईँ सुरक्षित रहन सक्नुहुन्छ । यदि तपाईंलाई कसैले तपाईंको ईमेल, सामाजिक सञ्जाल, मेसेजिङ एप वा अन्य कुनै महत्त्वपूर्ण सेवामा पहुँच पाएको शंका छ भने त्यसबाट बच्न के गर्न सकिन्छ भन्ने कुरा जान्न जरुरी छ । आउनुहोस्, हामी तपाईंलाई आफ्नो डिजिटल जीवन सुरक्षित राख्ने केही महत्त्वपूर्ण उपायहरू बताउँछौं: धेरैजसो कम्पनीले…
Read More
आईफोनमा नयाँ अपडेट: अब एप आइकनमा मनपर्ने फोटो वा डिजाइन राख्न सकिने

आईफोनमा नयाँ अपडेट: अब एप आइकनमा मनपर्ने फोटो वा डिजाइन राख्न सकिने

काठमाडौं । आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने एउटा राम्रो खबर छ । अब तपाईँले आईफोनको एप आइकनहरूलाई आफ्नो रुचि अनुसार परिवर्तन गर्न सक्नुहुन्छ । हालै एप्पलले सबै प्रयोगकर्ताका लागि यस्तो फिचर थप गरेको हो । आईओएस १८ मा आएको यस सुविधाले फोनको होम स्क्रिनलाई अझ आकर्षक र पर्सनलाइज बनाउन मद्दत गर्ने एप्पलको विश्वास छ । पुराना र परम्परागत आइकनहरू हेर्दा दिक्क लाग्छ भने अब मनपर्ने फोटो वा डिजाइनलाई एप आइकनको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यस्तो छ प्रक्रिया - सबैभन्दा पहिले सर्टकट एपमा जानुहोस् । - स्क्रिनको माथिपट्टि दायाँतिर भएको प्लस (+) आइकनमा ट्याप गर्नुहोस् । - स्क्रिनको तल…
Read More
अनलाइन अकाउन्टहरू सुरक्षित राख्ने मामिलामा कस्तो छ माइक्रोसफ्ट अथेन्टिकेटर ? (तरिकासहित)

अनलाइन अकाउन्टहरू सुरक्षित राख्ने मामिलामा कस्तो छ माइक्रोसफ्ट अथेन्टिकेटर ? (तरिकासहित)

काठमाडौँ । माइक्रोसफ्ट अथेन्टिकेटरले मल्टी-फ्याक्टर अथेन्टिकेसन (एमएफए) प्रयोग गरी तपाईँका अनलाइन अकाउन्ट सुरक्षित राख्न र लगइन सजिलो बनाउँछ । निःशुल्क रूपमा उपलब्ध यो सुविधा प्रयोग गर्न तपाईँलाई माइक्रोसफ्ट अकाउन्ट पनि चाहिँदैन । यद्यपि तपाईँले यसमा साइन इन गर्नु भयो भने पासवर्ड म्यानेजरमा समेत पहुँच पाउन सक्नु हुन्छ । अनलाइन गोपनीयताका लागि यो एउटा राम्रो टुल (उपकरण) हो, खासगरी माइक्रोसफ्ट प्रयोगकर्ताहरूका लागि । माइक्रोसफ्टको यो अथेन्टिकेटर एप ओपनसोर्स हुनुका साथै डेस्कटपका लागि यसको ब्राउजर एक्सटेन्सन समेत उपलब्ध छ । यो एपमा मल्टिफ्याक्टर अथेन्टिकेसन कोड तयार पार्न तपाईँले माइक्रोसफ्ट अकाउन्ट बनाउने वा साइन इन गर्ने झन्झट पनि पर्दैन । जुन यसको एउटा…
Read More
विद्युतीय कारोबार नियमावली संशोधन, अब सरकारी निकायले पनि डिजिटल हस्ताक्षर जारी गर्न सक्ने

विद्युतीय कारोबार नियमावली संशोधन, अब सरकारी निकायले पनि डिजिटल हस्ताक्षर जारी गर्न सक्ने

काठमाडौं । सरकारले विद्युतीय कारोबार पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्‌ बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मङ्गलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्विसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् । नियमावली संशोधनसँगै अब सरकारी निकायहरूले समेत डिजिटल हस्ताक्षर जारी गर्न सक्नेछन् । यसअघि एउटा निजी कम्पनीले मात्र यस किसिमको हस्ताक्षर जारी गर्दै आएको थियो । सरकारी निकायहरूलाई पेपरलेस (कागज रहित) बनाउन डिजिटल हस्ताक्षरको प्रयोगलाई बढावा दिन आवश्यक रहेको भन्दै सरकारले सरकारी निकायलाई समेत प्रमाणीकरण गर्ने निकायको अनुमतिपत्र दिने बाटो खोलेको हो । सरकारले देशभर डिजिटल हस्ताक्षरलाई तीव्रताका साथ प्रयोगमा ल्याउन चाहेको र त्यसका लागि एउटा मात्र…
Read More